arrow

मजदूर दिवसमा पोखरामा र्‍याली

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख १८ सोमबार
majdur.jpg

पोखरा । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा नेकपा एमाले निकट नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले पोखरामा र्‍याली प्रदर्शन गरेको छ ।

जिफन्ट कार्यालय पृथ्वीचोकदेखि सुरु भएको र्‍याली पृथ्वीचोक, सभागृहचोक, सिर्जनाचोक हुँदै पुनः फर्किएर पृथ्वीचोकमा पुगेर कोण सभामा परिणत भएको थियो ।

र्‍यालीमा सहभागीले सबै क्षेत्रमा सामाजिक सुरक्षा कार्यक्रम लागू गर, तालिमेलाई तलबको व्यवस्था गर, जिउन पुग्ने ज्याला व्यवस्था गर, १० प्रतिशत सेवा शुल्क कायम गर, बढ्दो महंगी नियन्त्रण गर, मर्यादित कामको ग्यारेन्टी लगायतका प्लेक कार्ड बोकेर नारा घन्काएका थिए । 

कार्यक्रमलाई एमाले सचिव पद्मा अर्याल, गण्डकीका निवर्तमान मुख्यमन्त्री तथा पार्टीका संगठन विभाग प्रमुख खगराज अधिकारी लगायतले संवोधन गर्ने जिफन्ट गण्डकीका अध्यक्ष रुद्र खत्रीले जानकारी दिए । 

‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ भन्ने नारा स्थापित भएको दिनको सम्झनामा यो दिवस मनाइँदै आएको छ । नेपालमा यस वर्ष ‘सामाजिक सुरक्षा, मर्यादित श्रम : श्रमको सम्मान, राष्ट्रको अभियान’ भन्ने मुल नारा तय गरिएको छ ।

नेपालको विराटनगरमा विसं २००७ मा पहिलो मजदुर आन्दोलन भएको थियो । विसं २०४६ को राजनीतिक परिवर्तनसँगै नेपालमा यो दिवसको अवसरमा सार्वजनिक बिदा दिन थालिएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ