arrow

श्रमिकका पीडा, नेता श्रमिकलाई मात्र फलिफाप [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख १९ मंगलबार
shramik-parishrami.jpg

काठमाडौं । सोमबार एक सय ३४ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस विभिन्न कार्यक्रम गरी मनाइयो । श्रमिकका नेताहरुले श्रमिकका बारेमा चर्का भाषण गरे ।

सरकारले पनि त्यसैअनुसार प्रतिबद्धता जनायो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले यस वर्षको नारा  ‘सामाजिक सुरक्षा, मर्यादित श्रमस राष्ट्रको अभियान’ तय गरेको थियो । 

दिवसका अवसरमा राष्ट्रपतिदेखि दलका नेता एवं श्रमिक संगठनका नेतादेखि श्रम शोषण गर्ने मालिकसम्मले चर्का प्रतिबद्धता जनाए । तर जो संघर्षशील छन् उनीहरुको दैनिकी भने कष्टप्रद नै छ । 

सोमबार पानी परेपछि राजधानी वरपरको अवस्था फरक थियो । परिश्रमीले परिश्रम गरेकै थिए । 

सन् १८८६ मा अमेरिकाको सिकागोमा ‘आठ घन्टा काम, आठ घन्टा मनोरञ्जन र आठ घन्टा आराम’ नारासहित सुरु भएको मजदुर आन्दोलनको सम्झनामा विश्वभर श्रमिक दिवस मनाइन्छ । 

सन् १८८९ मा फ्रान्सको पेरिसमा सम्पन्न विश्वका श्रम सङ्गठन एवं श्रमिक नेताको बैठकले विश्व श्रमिक दिवस विश्वभर मनाउने निर्णय गरेको हो । त्यसयता सन् १८९० देखि हरेक वर्ष अङ्ग्रेजी महिनाको मे १ तारिखमा श्रमिक दिवस मनाउन शुरु गरिएको थियो । 

IMG_9915.jpg
IMG_9912.jpg
IMG_9910.jpg
IMG_9903.jpg
IMG_9917.jpg
IMG_9907.jpg
IMG_9900.jpg
IMG_9901.jpg
IMG_9904.jpg
IMG_9899.jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ