arrow

सीमा क्षेत्र व्यवस्थित गर्दै विकास निर्माणमा सघाउने परराष्ट्र मन्त्री साउदको प्रतिबद्धता 

logo
दीपेन्द्र बस्नेत, 
प्रकाशित २०८० वैशाख १८ सोमबार
kanchanpur-np-saud-leaders.jpg

बेलौरी । कञ्चनपुरको दक्षिणी सीमा क्षेत्र ब्यबस्थित बनाएर विकास निर्माणको काम आफ्नो प्राथमिकतामा रहेको परराष्ट्र मन्त्री एनपी साउदले बताएका छन् । 

बेलौरी पुगेका मन्त्री साउदले भने यस क्षेत्रको विकासमा महत्वपूर्ण रहेको छोटी भन्सार कार्यलयको संचालन र स्तरोन्नतिको काममा आफूले पहल गर्ने बताए । परराष्ट्र मन्त्री नियुक्त भएपछि पहिलोपटक गृह जिल्ला पुगेका मन्त्री सावद सोमबार कञ्चनपुरको बेलौरी पुगेका हुन । 

संविधानसभा सदस्य एवं प्रदेशसभा सदस्य दिवान सिंह विष्टले क्षेत्रका सीमा बिवाद समस्या, छोटी भन्सार संचालन तथा क्षेत्रको बिकासमा पहलको लागि मन्त्री सावदको ध्यानाकर्षण गराएका थिए । सोमबार जिल्लाको दक्षिणी क्षेत्रको बेलौरी पुगेका मन्त्री सावदले छोटी भन्सार कार्यालय र नेपाल–भारत सीमा नाकाको स्थलगत अनुगमन गरेका थिए । 

बेलौरीको विकास निर्माणमा पहल गर्न माग राख्दै बेलौरी नगरपालिकाका तर्फबाट मेयर पोतीलाल चौधरीले ज्ञापन पत्र बुझाएका थिए । मन्त्री साउदको बधाइ तथा स्वागतका लागि नेपाली कांग्रेस कञ्चनपुर क्षेत्र नम्बर १ ले बेलौरीमा कार्यक्रमको आयोजना गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ