arrow

अमेरिका–रुस चिसोपना, सिरियाबारे वार्तामा रोक

logo
प्रकाशित २०७३ असोज १८ मंगलबार
usa-russia.jpeg
काठमाडौं । अमेरिकाले सिरिया युद्धबारे रुससंग वार्तामा रोक लगाएको छ । अमेरिकी विदेश मन्त्रालयले रुसले गत महिना सिरियामा युद्धविरामबारे भएको सम्झौताको पालना नगरेको भन्दै अब वार्ता नगर्ने जनाएको हो ।
 
अमेरिकाले रुसलाई सिरियाली सरकारलाई युद्धविरामका सम्झौतासमेत पालना गराउन राजी नभएको आरोप लगाएको छ । 
 
त्यस्तै अमेरिकाले रुस र सिरिया सरकारमाथि सिरियाली नागरिक, अस्पताल तथा मानवीय सहायता संगठनहरुलाई निशाना बनाएर हमला गरेको आरोपसमेत लगाएको छ । 
 
रुसी विदेश मन्त्रालयले भने अमेरिकाले वार्ता स्थगित गरेकोप्रति खेद व्यक्त गरेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ