arrow

गाउँमै प्रयोगशला सेवा

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख १९ मंगलबार
prayog

ताप्लेजुङ ।  ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा गाउँमै प्रयोगशाला सेवा सञ्चालन आएको छ । 

केही वर्षअघिसम्म जिल्ला अस्पतालमा आउँदासमेत गर्भवती र विभिन्न समस्या हुने बिरामीले भिडियो एक्सरे गर्न निजी क्लिनिक पुग्नुपर्ने अवस्था थियो । रगत, पिसाब परीक्षण त परैको कुरा ।

तर अहिले फक्ताङलुङ गाउँपालिका–३ सिंवामा रहेको स्वास्थ्यचौकीमा एक्सरे र प्रयोगशाला सेवा सुरुआत भएको छ ।

 ग्रामीण क्षेत्रका गर्भवतीलाई गाउँमै भिडिओ एक्स–रे र प्रयोगशालासेवा दिनका लागि गाउँमै प्रयोगशाला सेवा सुरु भएको छ । 

सदरमुकामका अस्पतालम्म आउनुपर्ने ग्रामीण क्षेत्रका गर्भवतीको स्वास्थ्य परीक्षण र प्रयोगशालासम्बन्धी सेवा सहज गराउने उद्देश्यले सिंवा बजारमा अवस्थित स्वास्थ्यचौकीमा आइतबारदेखि भिडियो एक्सरे र प्रयोगशाला सेवा सञ्चालनमा आएको फक्ताक्ताङलुङ गाउँपालिका अध्यक्ष राजन लिम्बूले बताए । 

एक्सरे र प्रयोगशाला नहुँदा गर्भवतीले बर्थिङ सेन्टरमा बच्चा जन्माउने वातावरण नबन्ने र अन्यत्र जाँदा हजारौँ रकम खर्च गर्नुपर्ने समस्या आएपछि गाउँपालिकाले गाउँमै भिडियो एक्सरे र प्रयोगशाला सेवा दिने अभियान सुरुआत गरेको उनले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ