arrow

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी धन्दा

रामबहादुर थापाका सल्लाहकार पक्राउ

थापा गृहमन्त्री हुँदा राई सुरक्षा सल्लाहकार

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख १९ मंगलबार
ram-bd-thapa-badal-rastrtiy.jpg

काठमाडौं ।  नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी धन्दामा संलग्न रहेको आरोपमा पूर्वमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजीत राईलाई पक्राउ परेका छन् । 

राईलाई ललितपुरको सौखेलबाट आज बिहान पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक डा मनोजकुमार केसीले  जानकारी दिए । 

राई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी धन्दामा संलग्नता रहेको देखिएकाले पक्राउ गरिएको उनको भनाइ छ । पक्राउ परेका राईलाई प्रहरी परिसर काठमाडौँमा राखिएको प्रहरीले जनाएको छ ।

रामबहादुर थापा गृहमन्त्री हुँदा राई सुरक्षा सल्लाहकार रहेका थिए । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी धन्दामा राईको संलग्न भएको समाचार  प्रकाशित भएको थियो । 

उक्त प्रकरणमा यसअघि प्रहरीले अन्य पाँच जनालाई पक्राउ गरिसकेको छ । यसअघि दाङका सन्देश शर्मा, मोरङका केशव दुलाल र सागर राई, ललितपुरका सानु भण्डारी र पाँचथरका कुमार गुरुङ पक्राउ परेको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

 राईसँगै नक्कली भुटानी शरणार्थी प्रकरणमा अहिलेसम्म पक्राउ पर्नेको सङ्ख्या छ जना पुगेको  छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ