arrow

राष्ट्रिय सूचना प्रविधि दिवसमा निजी क्षेत्रलाई सरकारको सम्मान

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख १९ मंगलबार
ictday-reward-2023.jpg

काठमाडौं । सरकारले सूचना प्रविधि क्षेत्रको विकास र विस्तारको अभियानमा विशिष्ट योगदान दिने व्यक्ति तथा संस्थालाई सम्मान गरेको छ । सूचना तथा सञ्चार प्रविधिको अधिकतम् प्रयोगबाट प्रभावकारी सेवा गरेका सार्वजनिक संस्था तथा सूचना प्रविधि क्षेत्रको प्रवर्द्धनमा उत्कृष्ट कार्य गरी सहयोग पुर्याउने निजी क्षेत्रलाई सम्मान गरिएको हो ।

राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसका अवसरमा आज सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आयोजना गरेको कार्यक्रम सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सो सम्मान गरिन् । 

कार्यक्रममा ‘नेसनल आईसीटी एक्स्लेन्स अवार्ड’ पूर्वसहसचिव वीरेन्द्रकुमार मिश्र, महिलातर्फ ‘नेसनल आईसीटी एक्स्लेन्स अवार्ड’ प्राध्यापक तिमिला यमी थापा र ‘नेसनल आईसीटी इन्नोभेसन अवार्ड’ प्रिसा टेक्नोलोजीलाई प्रदान गरियो । सो पुरस्कारको राशि रु एक लाख रहेको छ । 

यस्तै, सरकारी क्षेत्रतर्फ सूचना प्रविधिको प्रयोगमार्फत उत्कृष्ट सेवा पुर्याउने सर्वोच्च अदालतलाई ‘नेसनल आईसीटी अवार्ड’ र सूचना प्रविधिको विकासमा उल्लेख्य योगदान दिने निजी क्षेत्रका इन्फो डेभलपर्स प्रालि ललितपुर र गभर्नेन्स अटोमेसन प्रालिलाई ‘नेसनल आइसिटी अवार्ड’ प्रदान गरियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ