arrow

वृद्धवृद्धाको सम्मान 

logo
सरोजश्री अधिकारी,  
प्रकाशित २०८० वैशाख १९ मंगलबार
respect-senior-citizenship-kavre.jpg

बेथानचोक । काभ्रेपलाञ्चोक जिल्लाको बेथानचोक गाउँपालिका वडा नं–३ मा वृद्ध वृद्धाहरूलाई सम्मान गरिएको छ । वडा कार्यालयको आर्थिक वर्ष २०७९–८० को स्वीकृत नीति तथा कार्यक्रम अन्तर्गत वडाध्यक्षसँग वृद्धवृद्धा कार्यक्रम शिर्षक अनुसार सो कार्यक्रम सम्पन्न गरिएको हो । 

वडाध्यक्ष कुबेर ढकालको नेतृत्वमा वडा सदस्यहरू वासु तिमल्सिना, बलराम बजगाई, चरिमाया तामाङ र सुनिता कामी संलग्न भयको कार्यक्रममा कर्मचारीहरू राजकुमार श्रेष्ठसहित स्थानीय नेता दलबहादुर मगरको उपस्थिति थियो ।

वडा नं ३ च्याल्टि डाँडा, बोल्दे, गोर्खाली गाउँ, लप्सिबोट, महांकाल डाँडा बतासे ,फाँट, कुनेखर्क मा बसोवास गर्नु हुने र वडा नं ३ मा स्थायी ठेगाना भइ पनौती, बनेपा र काठमाडौंमा बसोवास गर्ने ८० वर्षदेखि १०७ वर्ष सम्मका ३० जना वृद्ध वृद्धाहरूलाई घरघरमा पुगी भेटघाटसहित सम्मान गरिएको थियो भने केहीलाई भने भेटघाट तथा सम्मान गर्न बाँकी रहेको वडाध्यक्ष कुवेर ढकालले बताए । 

यस कार्यक्रमले जन प्रतिनिधिसहित वडा कार्यालय र वृद्ध वृद्धाहरूबीचमा आपसी सद्भाव कायम रहने र वडाको उपस्थिति घरघरमा हुने महसुस वृद्धाहरूले गर्ने हुँदा विगतदेखिको यो कार्यक्रम अत्यन्त फलदायी भएको वडा सदस्य वासु तिमल्सिनाले जानकारी गराए । 



नयाँ