arrow

उद्योग वाणिज्य महासङ्घद्वारा उच्चस्तरीय विज्ञ समूह गठन

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख १९ मंगलबार
fncci-high-level-expert-group.jpg
तस्बिर : फाइल

काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासङ्घले उच्चस्तरीय विज्ञ समूह गठन गरेको छ। अर्थतन्त्रमा निजी क्षेत्रको भूमिकालाई थप प्रभावकारी बनाउन आवश्यक सल्लाह सुझाव दिने उद्देश्यले महासङ्घद्वारा विभिन्न क्षेत्रमा विशेषज्ञता हासिल गरेका विशिष्ट व्यक्तित्वहरू संलग्न उच्चस्तरीय विज्ञ समूह गठन गरेको हो।

उक्त समूहमा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा.गोविन्दराज पोखरेल, नेपाल सरकारका पूर्व सचिव पुरुषोत्तम ओझा र शिशिर ढुङ्गाना, अर्थविद्हरू केशव आचार्य, डा.कल्पना खनाल र डा.गणेश गुरुङ रहेका छन्।

विज्ञ समूहको पहिलो बैठक मङ्गलवार महासङ्घको सचिवालयमा बस्यो। विज्ञ समूहको गठनबाट महासङ्घका सल्लाह सुझावलाई प्रभावकारी रूपमा सरकारमा पेस गर्न थप सहयोग पुग्ने विश्वास महासङ्घका अध्यक्ष चन्द्र प्रसाद ढकालले गरेका गरेका छन्।

पहिलो बैठकमा वर्तमान आर्थिक अवस्थाबाट अर्थतन्त्र सुधार गर्न केन्द्रीय बैङ्क र सरकारले निजी क्षेत्रको विश्वास बढाउनु पर्नेमा जोड दिइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ