arrow

बालुवाटारमा प्रचण्डले बोलाए गठबन्धन दलको बैठक

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख २० बुधबार
gathabandhan-2080-01-04.jpg

कमाठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्तारुढ गठबन्धन दलको बैठक बोलाएका छन् । 

प्रधानमन्त्री निवास बालुवाटारमा आज दिउँसो ३ बजे गठबन्धनको बैठक बोलाइएको प्रधानमन्त्री दाहालका प्रेस विज्ञ मनोहरि तिमिल्सिनाले जानकारी दिए । 

बैठकमा मन्त्रिपरिषद् विस्तार, सरकारको नीति तथा कार्यक्रम र समसामयिक राजनीतिक विषयमा छलफल गर्ने कार्यसूची रहेको छ । 

यस्तै, गठबन्धनमा रहेपनि सरकारमा सहभागी नभएका दललाई समावेश गरेर मन्त्रिपरिषद् विस्तार गर्ने विषयमा छलफल हुने बताइएको छ । 

त्यस्तै, अहिले मन्त्रिपरिषद्को बैठक बसिरहेको छ प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ