arrow

दार्चुला हिमपहिरो 

अढाइ किलोमिटर तल भेटियो तीन जनाको शव

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख २० बुधबार
apf-him-pahiro.JPG

दार्चुला । सशस्त्र प्रहरी बलले हिमपहिरोमा बेपत्ता भएका पाँच जनामध्ये  तीन जनाको शव फेला पारेको छ ।  

दार्चुलाको व्यास गाउँपालिका–१ मा आज हिमपहिरोमा परी सम्पर्क विहीन रहेका पाँच जनामध्ये दुई महिला र एक पुरुषको शव फेला पारेको हो ।

दार्चुलाको छाङरुमा रहेको सशस्त्र प्रहरी बल ५० नम्बर गुल्मका गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक ईश्वरीदत्त भट्टले केही बेर अघि बेपत्ता भएको ठाउँबाट करिब अढाइ किलोमिटर तल हिउँभन्दा बाहिर मृतावस्थामा तीन  शव भेटिएको जानकारी दिए । 

“शव भेटिएपछि स्थानीय, नेपाल प्रहरी र हाम्रो टोली घटनास्थल पुगिसकेको छ ।” उनले भने“शव भेटिए पनि पहिचान भने खुलिसकेको छैन ।”

मङ्गलबारदेखि हिमपहिरोमा परी सम्पर्कविहीन रहेका यार्सा सङ्कलकमध्ये सात जनाको सशस्त्र प्रहरीले उद्धार गरेको थियो  भने पाँच जना सम्पर्कविहीन थिए ।

दिउँसोबाट सशस्त्रको टोली उद्धार तथा खोजीमा खटिएको भए पनि लगातारको हिमपात र वर्षाका कारण कठिनाइ भइरहेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ