arrow

कांग्रेसबाट सरकारमा सहभागी हुने सबैको टुङ्गो, संस्थापन इतरबाट मात्र दुई जना

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख २० बुधबार
dhanraj-mohanbahadur-digbahadur-ministers.jpg

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नवौं पटक मन्त्रिपरिषद् विस्तार गरेका छन् । प्रचण्डको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ को उपधारा (९) बमोजिम बुधबार तीन मन्त्रीहरु नियुक्त गरी कार्यभार तोकेका हुन् । 

थपिएका सबै नेपाली कांग्रेसका हुन् । पार्टी उपसभापति धनराज गुरुङ कानून, न्याय तथा संसदीय मामिला, मोहनबहादुर बस्नेत स्वास्थ्य तथा जनसंख्या र डिगबहादुर लिम्बू युवा तथा खेलकुदमन्त्री बनेका छन् ।

राष्ट्रपति कार्यालयकाअनुसार मन्त्रीहरुको सपथ बिहीबार दिउँसो ३ बजे हुनेछ ।

सत्ता गठबन्धनमा कांग्रेसको भागमा परेका ८ मन्त्रालयमध्ये बाँकी रहेका तीन वटा मन्त्रालयमा मन्त्री नियुक्त भएका हुन् । यसअघि कांग्रेसबाट पूर्णबहादुर खड्का उपप्रधान तथा रक्षा, डा.प्रकाशशरण महत अर्थ, रमेश रिजाल उद्योग वाणिज्य तथा आपूर्ति, एनपी साउद परराष्ट्र र सीता गुरुङ शहरी विकास मन्त्री नियुक्त भइसकेका छन् ।

बुधबार नियुक्त भएका तीन मन्त्रीमध्ये गुरुङ र लिम्बू शेखर कोइराला समूहका हुन् भने बस्नेत संस्थापन पक्षका हुन् । 

कांग्रेसबाट संस्थापनले ६ मन्त्री पाउँदा संस्थापन इतर पक्षले २ मन्त्रीमात्र पाएको छ । यसअघि कम्तीमा तीन मन्त्री नपाएसम्म सरकारमा नजाने भनी कोइराला समूहले अडान राखेको थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ