arrow

काठमाडौंमै लियो चट्याङले युवकको ज्यान 

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख २० बुधबार
lightning-final.jpg

काठमाडौं । काठमाडौंको मातातीर्थमा चट्याङ लागेर एक पुरुषको मृत्यु भएको छ । बुधबार दिउँसो १ बजे चन्द्रागिरि नगरपालिका ६ मातातीर्थमा चट्याङ लागेर एक जनाको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी सीताराम रिजालले जानकारी दिए । 

ज्यान गुमाउनेमा मकवानपुरको भिमफेदी घर भई काठमाडौं बस्दै आएका ३५ वर्षीय राजु तामाङ रहेका छन् । निर्माणाधीन घरमा काम गरिरहेको बेलामा कौसीमा चट्याङ लागेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ । 

चट्याङ लागेपछि उनलाई वीर अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ