arrow

बौद्ध धर्म भारतबाट कोरियामा आएको हो – डोम्युङ सुनिम

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख २० बुधबार
domung-sunim-korea.jpg

नयाँदिल्ली । दक्षिण कोरिया र भारतको बौद्ध धर्मको माध्यमबाट विशेष सम्बन्ध छ, जसलाई थप अन्वेषण गर्न आवश्यक भएको उल्लेख गर्दै एक विज्ञले ‘गया बौद्ध धर्म’ भारतबाट सिधै कोरियामा आएको उल्लेख गरेका छन् । 

दक्षिण कोरियामा रहेको गया कल्चर प्रमोशन इन्स्टिच्युटका लेखक र अध्यक्ष डोम्युङ सुनिमले लेखेको पुस्तकले दुई देशबीचको बलियो धार्मिक सम्बन्धलाई हेरेको समाचार संस्थ एएनआईलाई बताए ।

‘गया बौद्ध धर्म प्रत्यक्ष भारतबाट आएको हो, त्यसैले हामी सबैलाई थाहा छ कि बुद्ध धर्म भारतबाट आएको हो’ उनले भने ।

विश्व बौद्ध शिखर सम्मेलनमा सहभागी हुन डोम्युङ सुनिम दिल्लीमा रहेका बेला उनले ‘गया बौद्ध धर्म – कोरियाली बौद्ध धर्मको शुरुआत’ भन्ने पुस्तकलाई उल्लेख गर्दै उनले भारतबाट कोरियामा आएको बौद्ध धर्मको इतिहासबारे जनताले केही जानकारी पाउन सक्ने बताए ।

उनले भने, ‘यो पुस्तक मार्फत गया बौद्ध धर्मको विवरण दिने प्रयास गरिरहेका छौं । १३औं शताब्दीमा लेखिएको ‘सम्गुकयुसा’ वा ‘तीन राज्यहरूको सम्पदाको इतिहास’ अनुसार, अयोध्या (सूररत्न) की राजकुमारी कोरिया आइन्, राजा किम–सुरोसँग विवाह गरिन् र सन् ४८ मा रानी हुर ह्वाङ–ओक भइन् ।’

कोरियाली बौद्ध भिक्षु हाइचो (७०४–७८७ सीई) वा हङ जिओले ७२३ देखि ७२९ एडीसम्म भारतको भ्रमण गरे र भारतको संस्कृति, राजनीति र समाजको ज्वलन्त विवरण दिने ‘भारतको पाँच राज्यको तीर्थयात्रा’ लेखेका थिए । 

सन् २०२३ भारत र कोरिया गणतन्त्रबीचको द्विपक्षीय सम्बन्धका लागि विशेष हो । किनभने दुई देशले कूटनीतिक सम्बन्धको ५० वर्षको ऐतिहासिक कोसेढुङ्गा मनाउँदैछन् । यो अवसर भारतको जी–२० प्रेसिडेंसीसँग मेल खान्छ ।

विश्व बौद्ध शिखर सम्मेलनमा सहभागी भई तिब्बतका आध्यात्मिक नेता दलाई लामाले तिब्बतको अवस्थालाई आफ्नो उदाहरण दिँदै वर्तमान अवस्थालाई फराकिलो दृष्टिकोणबाट हेर्नुपर्नेमा जोड दिँदै बुद्धि र करुणामा ध्यान दिन आग्रह गरेका छन् ।

यो शिखर सम्मेलन बुद्ध र विश्वव्यापी सरोकारका विषयमा विश्वव्यापी बौद्ध धम्म नेतृत्व र विद्वानहरूलाई संलग्न गराउने र सामूहिक रूपमा सम्बोधन गर्न नीतिगत सुझावहरू ल्याउने प्रयास हो । 

शिखर सम्मेलनमा भएको छलफलले बुद्ध धर्मका आधारभूत मूल्य मान्यताले समसामयिक परिवेशमा कसरी प्रेरणा र मार्गदर्शन प्रदान गर्न सक्छ भन्ने कुराको खोजी गरिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ