arrow

सचिव पाण्डे तीन दिन हिरासतमा

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख २१ बिहिबार
teknarayan-pandey-arrest-refugee.jpg

काठमाडौं। हिजो पक्राउ परेका सचिव टेकनारायण पाण्डेलाई तीन दिन हिरासतमा राख्न  जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाउने गिरोहसँग मिलेमतो गरेको आरोपमा उनी पक्राउ परेका हुन् । 

अदालतले ठगी र सङ्गठित अपराधसम्बन्धी कसूरमा अनुसन्धानका लागि तीन दिन हिरासतमा राख्न अनुमति दिएको जिल्ला प्रहरी परिसर, काठमाडौँले जनाएको छ । 

प्रहरीले सचिव पाण्डेलाई पक्राउ गर्न अदालतबाट पक्राउ पुर्जी लिइ पक्राउ गरेसँगै आज जिल्ला अदालत काठमाडौँमा उपस्थित गराएको थियो । हाल पाण्डे उपराष्ट्रपति कार्यालयमा कार्यरत छन् । 

यसअघि उनी गृह मन्त्रालयको सचिव थिए । पाण्डे गृह मन्त्रालयको सचिव रहेका बेला नेपालीलाई भुटानी शरणार्थी बनाउने गिरोहसँग मिलेमतो गरेको आरोप लागेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ