arrow

बस्नेतलाई पुनः मन्त्रालय सम्हाल्ने अवसर

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख २१ बिहिबार
mohan-bahadur-basnet.jpg

काठमाडौं ।  सिन्धुपाल्चोकका जनताको सेवा गर्दागर्दै राज्यमन्त्री एवं मन्त्रीको जिम्मेवारी पाएका मोहनबहादुर बस्नेतलाई पुनः स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय सम्हाल्ने जिम्मेवारी प्राप्त भएको छ ।
 
विसं २०१५ भदौ २७ जन्मिएका बस्नेतले प्रारम्भिक शिक्षा सिन्धुपाल्चोकमै लिएका थिए । उनले त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा एमए गरेका छन् । 

नेपाली कांग्रेसको प्रतिनिधित्व गर्दै विसं २०५६ र २०६८ को आम निर्वाचनमा सिन्धुपाल्चोक–१ बाट प्रतिनिधिसभा र दोस्रो संविधानसभा सदस्यको रूपमा निर्वाचित भएका थिए ।
 
मन्त्री बस्नेत २०७० सालमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको चौथो मन्त्रिपरिषद् सूचना तथा सञ्चारमन्त्रीका रूपमा जिम्मेवारी सम्हालेका थिए। 

साथै, २०५६ मा प्रधानमन्त्री देउवाकै नेतृत्वको सरकारमा स्वास्थ्य राज्यमन्त्री काम गरेका थिए ।
 
नवनियुक्त मन्त्री बस्नेत विगत लामो समयदेखि सामाजिक, राजनीतिक, शैक्षिकलगायतका विभिन्न कार्यमा संलग्न छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ