arrow

राजा चार्ल्सको राज्याभिषेकका लागि मन्त्री साउद आज बेलायत जाँदै

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख २१ बिहिबार
charles-111.jpg

काठमाडौं ।  बेलायतका राजाको राज्याभिषेकमा सहभागी परराष्ट्रमन्त्री एनपी साउद संयुक्त अधिराज्य बेलायत जाने भएका छन् । 

मन्त्री साउद आज बेलायत प्रस्थान गर्दै छन् । 

महारानी एलिजाबेथ द्वितीयाको मृत्यु भएसँगै बेलायतमा राजा चार्ल्स तृतीय र महारानी कोनसोर्टको राज्याभिषेक हुन लागेको हो ।  

लण्डनमा रहँदा मन्त्री साउदले वेस्टमिन्स्टर एब्बेमा हुने राज्याभिषेक समारोहमा र बकिङ्घम दरबारमा हुने स्वागत समारोहमा सहभागी हुने मन्त्रालयले बुधबार जनाएको हो । 

मन्त्री साउद यही वैशाख २६ गते स्वदेश फर्कने बताइएको छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ