arrow

मेस्सीले पीएसजी छाड्ने तय, करार नवीकरण नगर्ने 

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख २१ बिहिबार
messi-psg-2023-02-19.jpg
तस्बिर – फाइल ।

काठमाडौं । कुनै पनि जानकारी नदिइ एसियाली देश साउदी अरेबिया गएको भन्दै फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) ले अर्जेन्टिनी कप्तान लियोनेल मेस्सीको करार नवीकरण नगर्ने संकेत गरेको छ ।

गत आइतबार लोरेन्टविरुद्ध ३–१ को अप्रत्यासित हार ब्यहोरेपछि क्लबलाई कुनै पनि खबर नै नगरी साउदी गएको भन्दै उनलाई २ साताका लागि निलम्बनमा राखेको खबर सेलाउन नपाउँदै पीएसजीले आफना स्टार खेलाडी मेस्सीको करार नवीकरण नगर्ने तयारी गरेको हो । 

साउदीका पयर्टन दूतसमेत रहेका मेस्सीलाई दुई हप्ताका लागि बेतलबी रूपमा निलम्बन गर्ने निर्णय यसअघि नै गरिसकेको अवस्थामा यो खबर बाहिरिएको हो । 

पीएसजीमा मेस्सीको करार यो सिजनको अन्त्यमा समाप्त हुँदैछ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार दुई हप्ताको निलम्बनमा परेका मेस्सीले अब पीएसजीको खेलाडीका रूपमा तीन वटा खेल मात्र खेल्न पाउनेछन् ।

मेस्सीलाई नवीकरण गर्ने कि नगर्ने भन्नेमा पीएसजी भित्र छलफल चलिरहेको बेला यो अप्रत्याशित खबर आएको हो । मेस्सीलाई पुनः अनुबन्ध गर्नका लागि स्पेनिश क्लब बार्सिलोनाले पनि छलफल चलाइरहेको छ भने उनमाथी लागि इन्टर, मियामी र साउदी क्लब अल–हिलालले पनि चासो देखाएका छन् ।

धेरै जसोले मेस्सी साउदी क्लब अल हिलाल जान सक्ने अनुमान गरेका छन् । उनीमाथि अल हिलालले करोडौं खर्च गर्न चाहेको यसअघि नै सार्वजनिक भइसकेको छ । 

मेस्सी अहिलेसम्मकै फुटबल इतिहासको सबैभन्दा बढी रकममा हिलालसँग आवद्ध हुन सक्ने शंकाबीच पीएसजीले नवीकरण नगर्ने संकेत गरेको हो । 

पर्सियन फ्यानहरुले मेस्सीको विरुद्धमा नारासमेत लगाएका छन् । उनीहरुले अश्लील भाषाको प्रयोग गर्दै गालीसमेत गरेका छन् । 

अहिले पीएसजीको व्यवस्थापन पनि बाँडिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ