arrow

कांग्रेसका तीन मन्त्रीले लिए शपथ  

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख २१ बिहिबार
dhanraj-mohan-dig-oath.jpg

काठमाडौं । नेपाली कांग्रेसको कोटामा सरकारमा गएका नवनियुक्त तीन मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । बिहीबार उनीहरुले राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएका हुन् । 

बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नवौँ पटक मन्त्रिपरिषद् विस्तार गरेका थिए । जसअनुसार कानून, न्याय तथा संसदीय मामिला मन्त्रीमा धनराज गुरुङ, स्वास्थ्य तथा जनसंख्यामन्त्रीमा मोहनबहादुर बस्नेत र युवा तथा खेलकुद मन्त्रीमा डिगबहादुर लिम्बू नियुक्त भएका थिए ।

उनीहरूले आज शपथ ग्रहण गरेका हुन् । कांग्रेसको भागमा आठ वटा मन्त्रालय रहेकामा यसअघि दुई चरणमा गरेर पाँच जनाले शपथ खाएका थिए । आजको शपथसँगै कांग्रेसको कोटा सरकारमा पूरा भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ