arrow

बुद्ध जयन्ती र महालक्ष्मीको प्रिय दिन कस्तो होला ?

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख २२ शुक्रबार
rashifal-horoscope-6.jpg

आजको पञ्चाङ्ग

मिति २०८० वैशाख २२ गते शुक्रबार, इस्वीसंवत मे ५ तारिक सन् २०२३, शालिवाहनीयशाके १९४५, नेपाल संवत् ११४३, पिंगल नामको संवत्सरः, सूर्य पृथ्वीको उत्तरी गोलार्द्धमा छन् । वसन्त ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार वैशाखशुक्लपक्ष चलिरहेको छ । सौरमान अनुसार आज वैशाखशुक्लपक्षको पूर्णिमा तिथि रातिमा ११ः०७ मिनेटसम्म त्यसपश्चात् प्रतिपदा तिथि लाग्नेछ । नक्षत्रमा स्वाति रातिमा ९ः५६ बजेसम्म त्यसउप्रान्त विष्कुम्भ लाग्नेछ । विष्कुम्भादि योगमा सिद्धि १० घटि २६ पलासम्म त्यसपछि व्यतिपात योग लाग्नेछ ।

करणमा भद्रा १४ घटि ४८ पलासम्म त्यसपछि कालब करण लाग्नेछ । आनन्दादि योगमा गद रहनेछ । सूर्य मेष राशिमा, चन्द्रमा तुला राशिमा अहोरात्र रहनेछ । आज दिनमान ३३ घटि ७ पला अर्थात १३ घण्टा १७ मिनेटको रहनेछ । आज सूर्योदय काठमाडौं केन्द्र विन्दुमा रही बिहान ०५ः२४ बजे विभिषण मुहूर्तमा भइसकेको छ भने सूर्यास्त साँझ ठीक ०६ः३९ बजे हुनेछ । यस्तै, चन्द्रउदय साँझमा ६ः२४ बजे हुनेछ भने चन्द्रअस्त राति ०४ः५४ बजे हुनेछ । आज बुद्ध जयन्ती, उभौली पर्व, चण्डी पूर्णिमा, कुर्म जयन्ती, गोरखनाथ जयन्ती रहेको छ ।

आजको राशिफल

मेष : आज पनि स्वास्थ्य राम्रो रहनेछ । पारिवारिक यात्राका क्रममा स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । परिस्थितिलाई आफ्नो पक्षमा ल्याउन सकिने हुनाले समयमा कामहरू बन्नेछन् । माया प्रेममा सामिप्यता बढेर जानेछ भने पति पत्नीबिच मायाको डोरो अझ कसिलो भएर जानेछ । पारिवारिक यात्रा हुने अधिक सम्भावना रहेको छ भने यात्राका क्रममा विभिन्न रमाइला स्थलहरूको भ्रमण गर्न सकिनेछ । न्यायिक निर्णयहरू तपाइकै पक्षमा आउने हुनाले मन प्रशन्न हुनेछ ।

वृष : आज समय शुभ रहनेछ । व्यापार व्यवसाय फस्टाएर जानेछ भने शिक्षा क्षेत्रमा गरिएको लगानीबाट मनग्गे लाभ हुनेछ । सन्तानको प्रगति देखेर मन रमाउनेछ भने वंश वृद्धिको गतिलो सम्भावना रहेको छ । पढाई लेखाई अन्य दिन भन्दा सुधार हुने हुनाले आफन्तहरू समेत खुसी हुनेछन् । आकस्मिक धन तथा सम्पत्ति लाभ हुने योग रहेको छ । आफूले मन पराएको मानिसबाट उपहार प्राप्त हुने हुनाले मन प्रसन्न रहनेछ । बेलुकीपख समय मध्यमय रहेकोले ऋण,रोग तथा शत्रु बढ्ने योग रहेको छ ।

मिथुन : आज स्वास्थ्य भरपर्दो रहनेछैन । अर्थ सङ्कलन तथा आर्थिक अवस्था कमजोर रहने हुँदा विदेश तथा विदेशसँग सम्बन्धित कामहरू रोकिन सक्छ । तर पनि विदेशमा बसेर अध्ययन तथा श्रम गर्नेहरूका लागि भने समय फलदायि रहनेछ । विदेशी लगानीमा सञ्चालित संस्थाबाट मनग्गे लाभ लिन सकिनेछ । माया प्रेममा एक अर्कालाई विश्वास गर्न नसक्दा लामो समयदेखिको सम्बन्ध टुट्न सक्छ । स्वास्थ्यको ख्याल गर्नुहोला समय मध्यमय रहेको छ । पश्चिम दिशाको यात्रामा पनि सावधान हुनुहोला ।

कर्कट : आज पनि समय खराब रहनेछ । छिटो फल प्राप्त गर्ने आकांक्षाले समस्या निम्त्याउनेछ। प्रयत्न गरेका काम बिस्तारै सम्पादन हुनेछन्। अध्ययनमा सामान्य उपलब्धि हुनेछ। काममा बाधा पुर्याउनेहरू सक्रिय हुने हुँदा सजग रहनुहोला। प्राविधिक ज्ञान सिक्ने अवसर प्राप्त हुनेछ। चिताएको काम पूर्ण नभए पनि फाइदाको स्रोत पहिल्याउन केही समय लाग्ने देखिन्छ ।

सिंह : आज पनि समय शुभ छ । कर्म क्षेत्रमा राम्रो काम गरी नाम कमाउन सकिनेछ । बन्द व्यापार फस्टाएर जानेछ भने आर्थिक अवस्था मजबुत हुनेछ । राजनीति तथा समाजसेवामा जनताको काम गर्न सक्दा इज्जत तथा प्रतिष्ठामा वृद्धि भएर जानेछ । रोजगार पाइने समय रहेको छ भने गरिरहेको काममा बढोत्तरीको प्रशस्त सम्भावना रहेको छ । तपाईँको शालीन स्वभावदेखि सबै मोहित हुनेछन् । प्रेममा खुलेर रमाउने समय रहेको छ ।

कन्या : आज पनि समय खराब छ । आफन्त तथा चेली माइती बिच बैमनस्यता बढ्ने ग्रहयोग रहेको छ, सचेत रहनुहोला । व्यापार व्यवसायमा समय दिन नसक्दा घाटा लाग्न सक्छ, ध्यान दिनुहोला । माया प्रेममा धोका हुनेछ भने दाम्पत्य जीवनमा खटपट आउनेछ । समय तथा परिस्थिति अनुसार नचल्नाले दुःख पाइनेछ । साँझपख भने धार्मिक तथा आध्यात्मिक क्षेत्रमा चासो बढ्नेछ ।

तुला : आज पनि समय अत्यन्तै शुभ छ । कृषि तथा पशुपालन व्यवसायमा लगानी गरी मनग्गे आम्दानी गर्न सकिनेछ । खनिज पदार्थ तथा पानी सँग सम्बन्धित कामबाट भनेजस्तो आम्दानी हुनेछ । शिक्षा तथा बैक सँग सम्बन्धित कामबाट भनेजस्तो आम्दानी हुनेछ । प्रणय सम्बन्धमा नजिक हुने समय रहेको छ भने जीवन साथीको सहयोगले राम्रा काम गर्न सकिनेछ । इच्छा, आकांक्षा तथा मनोकामना पुरा हुनेछन् ।

वृश्चिक : आज पनि समय खराब छ । खोज तथा अनुसन्धानको क्षेत्रमा प्रशस्त समय खर्चिए पनि भनेजस्तो नतिजा हात नलाग्न सक्छ । घर परिवार, आफन्त तथा आमासँग घरायसी कुरामा विवाद सिर्जना हुन सक्छ ध्यान दिनुहोला । कृषि तथा पशुपालन व्यावसायमा समय लगानी गर्नेहरुका लागि पनि समय उपयुक्त छैन । तपाईले शुरु गर्नुभएको काममा बिभिन्न बाधा तथा अवरोधहरुको सामना गर्नुपर्नेछ । तपाईले बनाएका गोप्य योजनाहरु सार्वजनिक गर्न केही समय पर्खदा राम्रो हुनेछ ।

धनु : आज स्वास्थ्यमा एक्कासी समस्या आउने, चोटपटक लाग्न सक्नेछ । आज तापइँलाई चोरीको आरोप पनि लाग्न सक्छ । अरूका विषयमा चासो लिँदा झमेला आइलाग्न सक्छ। अवसर जुटे पनि ठूलो उपलब्धि नहुन सक्छ। विवादास्पद कामको जिम्मेवारी आउनाले केही समस्या आइपर्ला। आवेशको निर्णयले आँटेको काम बिग्रन सक्छ। व्यर्थैमा वादविवादमा परिने समय रहेकाले गोपनीयतामा ध्यान दिनुहोला।

मकर : आज पनि स्वास्थ्य सबल रहनेछ । दिन मनोरञ्जनपूर्ण रहनेछ। प्रतीक्षा गरिएको उपलब्धि प्राप्त हुनुका साथै मनग्य धन लाभ हुनेछ । सोख पूरा हुनेछ भने विभिन्न भौतिक साधन प्राप्तिको योग छ। नयाँ ज्ञानले अध्ययनमा उत्साह जगाउनेछ। व्यवसायका लागि यात्रा सम्भावना छ । सुमधुर दाम्पत्यले मन प्रफुल्लित हुनेछ । टाढाको यात्रा निकै महत्वपूर्ण हुने दिन आज रहेको छ ।

कुम्भ : आज पनि समय खराब छ, स्वास्थ्यमा समस्या आउन सक्छ । अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। छिमेकमा असमझदारी बढ्ने देखिएकाले होसियारीसाथ काम लिनुहोला। फाइदाका लागि केही वस्तु त्याग्नुपर्ला। साँझपख आवश्यक पर्दा सरसापट वा कर्जामार्फत धन जुट्नेछ । आफ्नाबाट भने कारोबार नगर्नुहोला । केही खर्च लागे पनि यात्रा भने पलदायी हुने देखिन्छ ।

मीन : आज पनि समय मध्यम खालको छ । कडा परिश्रम गर्दा पनि प्रतिफल न्यून आउने हुनाले मन खिन्न हुनेछ । व्यापारमा घाटा लाग्ने योग रहेको छ भने व्यापारको सिलसिलामा गरिने यात्रा निरर्थक हुनेछ । सवारी साधन तथा विलासी बस्तुको प्रयोग गर्दा ध्यान दिनुहोला समय मध्यमय रहेको छ । आत्मबल तथा सम्भाव्यता गुमाउँदा आफैलाई घाटा लाग्न सक्छ ।

साइतः सूर्य मेष राशिमा, चन्द्रमा तुला राशिमा रहनेछ । त्यसैले दक्षिण बाहेक अन्य दिशाको यात्रा नगर्नुहोला । आज शुक्रबार परेकाले पश्चिम दिशाको यात्रा गर्दै नगर्नुहोला । आज पश्चिम दिशाको यात्रा पनि बाध्यताबश गर्नै परेको छ भने धार्मिक उपाय अपनाएर शुभ बेलामा गर्दा राम्रो हुनेछ ।  

शुभ लाभादि बेला

बिहान ०५ः२५ बजेदेखि      ०७ः०४ बजेसम्म      चर बेला
बिहान ०७ः०४ बजेदेखि      ०८ः४३ बजेसम्म     लाभ बेला
बिहान ०८ः४३ बजेदेखि      १०ः२२ बजेसम्म     अमृत बेला
बिहान १०ः२२ बजेदेखि       १२ः०१ बजेसम्म     काल बेला
दिनमा १२ः०१ बजेदेखि       १ः४० बजेसम्म      शुभ बेला
दिनमा १ः४० बजेदेखि        ३ः१९ बजेसम्म      रोग बेला
दिनमा ३ः१९ बजेदेखि        ४ः५८ बजेसम्म      उद्धेग बेला
साँझ ४ः५८ बजेदेखि        ६ः३७ बजेसम्म      चर बेला

यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।

राहुकाल समय : बिहानमा १०ः३० देखि १२ः०० बजेसम्म राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।

नोट : यो पञ्चांगको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेदस्थान र विपरीत वेदस्थान समेतको गणना गरिएको छ ।



नयाँ