arrow

पाल्पा–बुटवल सडक खण्ड अवरुद्ध, सयौं सवारी साधन अलपत्र

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख २२ शुक्रबार
palpa-butwal_marga.jpg
तस्बिर – फाइल ।

पाल्पा । पहिरो खसेपछि पाल्पा–बुटवल सडकखण्ड अवरुद्ध भएको छ । शुक्रबार बिहानदेखि सिद्धार्थ राजमार्गको गौडेपुलको कालीमाटी क्षेत्रमा पहिरो खसेपछि सो सडक खण्ड अवरुद्ध हुन पुगेको हो ।

सडक डिभिजन कार्यालयले घुम्ती सुधार गरेको स्थानमा नै ठूलो पहिरो खसेपछि सयौँ सवारी साधन अलपत्र परेका छन् । सडकमा पहिरो खसेपछि सो राजमार्ग हुँदै सुनौली, पोखरा र मुस्ताङसम्म चल्ने सवारी साधन अवरुद्ध हुन पुगेको स्थानीयवासीले जनाएका छन् ।

त्यसमाथि  सिद्धबाबा सुरुङ मार्ग आयोजनाले राति १० देखि बिहान ४ बजेसम्म सडक बन्द गरिरहेको अवस्थामा पुनः पहिरो गएपछि सवारीसाधन सडकमा अलपत्र परेका छन् । 

नेपाल प्रहरीले सडक डिभिजनसँगको समन्वयमा पहिरो पन्छाउन शुरु गरेको ट्राफिक प्रहरी प्रमुख दामोदर मल्लले जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ