arrow

सूचनाको हक प्रजातन्त्रको प्राण हो : सभामुख [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख २२ शुक्रबार
devraj ghimire.jpg

काठमाडौँ। सभामुख देवराज घिमिरेले सूचनाको  हक प्रजातन्त्रको प्राण भएको बताएका छन् । राष्ट्रिय सूचना आयोगको १६औँ स्थापना दिवसको अवसरमा आयोजित एक कार्यक्रमको उद्घाटनमा उनले प्रजातन्त्रमा सूचना बिना मुलुक र जनताको विकास हुन नसक्ने बताए । 

“अहिले पनि सूचनाको हक हुन्छ भन्ने धेरै जनतालाई थाहा छैन”, उनले भने, “सरकारले गरेका कामकारबाही पारदर्शीरूपमा सार्वजनिक गर्ने र मुलुकमा सुशासन कामय गर्ने काम सूचनाको हकले गर्छ ।”

उनले सार्वजनिक निकायले सूचना हक जानकारी गराउनुपर्छ भनेर सबैमा अभियानकै रूपमा सचेत गराउनुपर्नेमा जोड दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ