arrow

विश्व हाँसो दिवस र सूर्यदेवको प्रिय दिन कस्तो रहला ?

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख २४ आइतबार
rashifal-horoscope-4.jpg

आजको पञ्चाङ्ग

मिति २०८० वैशाख २४ गते आइतबार, इस्वीसंवत मे ७ तारिक सन् २०२३, शालिवाहनीयशाके १९४५, नेपाल संवत् ११४३, पिंगल नामको संवत्सरः, सूर्य पृथ्वीको उत्तरी गोलार्द्धमा छन् । वसन्त ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार ज्येष्ठकृष्णपक्ष चलिरहेको छ । सौरमान अनुसार आज ज्येष्ठकृष्णपक्षको द्वित्तीया तिथि रातिमा ९ः११ मिनेटसम्म त्यसपश्चात् तृत्तीया तिथि लाग्नेछ । नक्षत्रमा अनुराधा रातिमा ९ः१३ बजेसम्म त्यसउप्रान्त ज्येष्ठा लाग्नेछ ।

विष्कुम्भादि योगमा वरियान २ घटि २८ पलासम्म त्यसपछि शिव योग लाग्नेछ । करणमा तैतिल ११ घटि ८ पलासम्म त्यसपछि वणिज करण लाग्नेछ । आनन्दादि योगमा मृत्यु रहनेछ । सूर्य मेष राशिमा, चन्द्रमा वृश्चिक राशिमा अहोरात्र रहनेछ । आज दिनमान ३३ घटि १४ पला अर्थात १३ घण्टा २० मिनेटको रहनेछ । आज सूर्योदय काठमाडौं केन्द्र विन्दुमा रही बिहान ०५ः२२ बजे रुद्र मुहूर्तमा भइसकेको छ भने सूर्यास्त साँझ ठीक ०६ः४० बजे हुनेछ । यस्तै, चन्द्रउदय रातिमा ८ः३५ बजे हुनेछ भने चन्द्रअस्त भोलि बिहान ०६ः१२ बजे हुनेछ । आज विश्व हाँसो दिवस ।

आजको राशिफल

मेष : आज पनि समय खराव रहनेछ । बिहानको समय झन्झट आइलाग्ने र बिनासित्तिमा संचित धनको नोक्सानी हुन सक्ने देखिन्छ । खराब निर्णय हुन सक्छ । मध्यान्हपछिको समय भने केही सुधारित रहनेछ । आफन्त संगको सम्बन्धमा क्रमिक सुधार आउनेछ । आजको लागि शुभ अंक ८, शुभ रंग पहेलो हो भने कुनै काम सुरुवात गर्नु पूर्र्व ॐ नमः शिवाय यो मन्त्र ११ पटक जपेर अघि बढे सफलता मिल्नेछ ।

वृष : आज पनि स्वास्थ्य राम्रो रहनेछ । फलदायी समय रहनेछ । साथी भाइ इष्टमित्र सबैको मन जित्न सकिनेछ, तपाइँको अनुयायीहरु बढ्नेछन भने नयाँ कामको प्राप्ति पनि हुन सक्ने देखिन्छ । आर्थिक कारोबार सन्तोष जनक रहनेछ, आजका लागि शुभ अंक ७ हो भने शुभ रंग सेतो हो, कुनै कामको थालनी गर्नु अघि देवी भगवतीको स्मरण पूजा र स्तोत्र पाठ गरे निकै सफलता हात लाग्नेछ ।

मिथुन : आज समय राम्रो रहनेछ । रोकिएका ब्यबसायिक कारोबारमा सुधार आउनेछ । प्रेम सम्बन्ध अझै प्रगाढ हुनुको साथै मन आनन्दित रहनेछ, नयाँ सवारी साधन र बहुमुल्य रत्नहरुको संचिति हुने समय रहेको छ । आज पश्चिमतर्फको यात्रा नगर्नुहोला । आजको लागि शुभ अंक ४ शुभ रङ्ग रातो हो भने कुनै काम शुरुवात गर्नु पूर्व ॐ सरस्वत्यै नमः मन्त्र जपेर अगाडि बढे उत्तम हुनेछ ।

कर्कट : आज पनि स्वास्थ्य भरपर्दो रहनेछैन । परिवेश सामान्य रहे पनि मनको डरले भने सताउनेछ । ठूला व्यक्तिहरूसँग मतभेद रहनेछ । तापनि बाहिर आलोचना गर्नेहरूले व्यवहारमा अवसर प्रदान गर्नेछन् । परिस्थितिवश सामान्य काममा बढी अलमल हुनेछ । आफ्ना कमजोरी बाहिरिने समय भएकाले गोपनीयतामा ध्यान पुर्याउनुहोला । अरूको मुख नताकि कर्मयोगमा लाग्दा फाइदा उठाउन सकिनेछ ।

सिंह : आज पनि समय शुभ छैन । पढाई लेखाइमा आएको लय घट्न सक्छ,शत्रुहरु तपाइँदेखि टाढिन थाल्नेछन्, धार्मिक कार्यमा रुची बढ्नेछ भने प्रेम र दाम्पत्य सम्बन्धमा निकटता आउनेछ । हतियार बात लाग्न सक्छ निकै चनाखो रहनु होला,आजको लागि ६, शुभ रंग सप्तरंगी हो भने कुनै काम शुरुआत गर्नु पूर्र्व कुलादेबताको स्मरण र दर्शन पूजा गरेर अगाडि बढे उत्तम हुनेछ ।

कन्या : आज पनि समय अत्यन्त शुभ छ । घर बाहिर रहेर काम गर्नेहरुका लागि फलदायी समय रहनेछ । खर्च बढेता रमाइलो भेटघाट र घुमघाममा रमाउने दिन रहेको छ, पारिवारिक सम्बन्धमा टकरावको स्थिति आउन सक्छ । धनमाल हराउन सक्छ चनाखो रहनु होला । आजका लागि शुभ अंक ९ हो भने शुभ रंग ध्वासे र यात्रा गर्नु पूर्व बगलामुखी भगवतीको सम्झना गरे सफलता मिल्नेछ ।

तुला : आज पनि समय अत्यन्तै खराब छ । बिहानको समय झन्झट आइलाग्ने र बिनासित्तिमा संचित धनको नोक्सानी हुन सक्ने देखिन्छ, खराब निर्णय हुन सक्छ । मध्यान्हपछिको समय भने केहि सुधारित रहनेछ । आफन्त संगको सम्बन्धमा क्रमिक सुधार आउनेछ । आजको लागि शुभ अंक ८, शुभ रंग पहेलो हो भने कुनै काम सुरुवात गर्नु पूर्र्व ॐ नमः शिवाय यो मन्त्र ११ पटक जपेर अघि बढे सफलता मिल्नेछ ।

वृश्चिक : आज पनि समय अत्यन्तै राम्रो छ । काममा मिहिनेतको फल प्राप्त हुनेछ । प्रयत्न गर्दा राम्रै अवसर जुट्नेछ । साथीभाइले राम्रै सहयोग जुटाउनेछन् । पछिसम्म लाभ हुने काम प्रारम्भ गर्ने समय छ । भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ होला । व्यापारमा पनि मनग्गे धनलाभ हुनेछ । सेवामूलक कामबाट प्रतिष्ठा पाइनेछ । व्यवसायमा लाभ हुनेछ भने चिताएको काममा सफलता पाइनेछ ।

धनु : आज स्वास्थ्यमा एक्कासी समस्या आउने, चोटपटक लाग्न सक्नेछ । आज तापइँलाई चोरीको आरोप पनि लाग्न सक्छ । अरूका विषयमा चासो लिँदा झमेला आइलाग्न सक्छ । अवसर जुटे पनि ठूलो उपलब्धि नहुन सक्छ । विवादास्पद कामको जिम्मेवारी आउनाले केही समस्या आइपर्ला । आवेशको निर्णयले आँटेको काम बिग्रन सक्छ । व्यर्थैमा वादविवादमा परिने समय रहेकाले गोपनीयतामा ध्यान दिनुहोला ।

मकर : आज पनि स्वास्थ्य अनुकुल रहनेछैन । जोखिमपूर्ण कामको जिम्मेवारी प्राप्त हुनाले सावधानीका उपाय अवलम्बन गर्नुपर्ला । काममा चुनौती आउनाले सोचेको फाइदा उठाउन मुस्किल पर्नेछ । वैधानिक प्रावधानले पनि घुमाउरो मार्गबाट मात्र लक्ष्यमा पुगिएला । प्रतिस्पर्धी बढ्नाले अधिकार सुरक्षा गर्न जुट्नुपर्ला । फजुल खर्चका साथै ठगीमा परिने योग भएकाले दिनभरि होशियार रहनुहोला ।

कुम्भ : आज पनि समय शुभ छ, स्वास्थ्यमा सुधार आउनेछ । तारिफयोग्य कामले धेरैको मन जित्न सकिनेछ । गुमेको स्थान प्राप्त हुनुका साथै समाजमा आफ्नो वर्चस्व बढ्नेछ । विशेष भेटघाटले काममा उत्साह बढाउला । मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । आँटले कीर्तिमानी दिलाउनेछ । अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । व्यवसायमा फाइदा हुनेछ ।

मीन : आज पनि समय मध्यम खालको छ । तपाइको योजना अनुसार काम हुन सक्ने देखिन्न,बोलीको प्रभाव घट्दो क्रममा रहनेछ । अत्यावश्यक यात्रा गर्नुपरेमा मात्र मध्यान्ह अगाडिको समय उचित रहनेछ । आजको लागि शुभ अंक ३, शुभ रंग पहेलो हो भने कुनै काम शुरुआत गर्नु पूर्र्व ॐ मृत्युन्जयाय नमः योमन्त्र २३ पटक जप गरेर अघि बढे शुभफल हात लाग्नेछ ।
 

साइतः सूर्य मेष राशिमा, चन्द्रमा वृश्चिक राशिमा रहनेछ । त्यसैले उत्तर बाहेक अन्य दिशाको यात्रा नगर्नुहोला । आज आइतबार परेकाले पश्चिम दिशाको यात्रा गर्दै नगर्नुहोला । आज पश्चिम दिशाको यात्रा पनि बाध्यताबश गर्नै परेको छ भने धार्मिक उपाय अपनाएर शुभ बेलामा गर्दा राम्रो हुनेछ ।  

शुभ लाभादि बेला

बिहान ०५ः२५ बजेदेखि      ०७ः०४ बजेसम्म      उद्वेग बेला
बिहान ०७ः०४ बजेदेखि      ०८ः४३ बजेसम्म     चर बेला
बिहान ०८ः४३ बजेदेखि      १०ः२२ बजेसम्म     लाभ बेला
बिहान १०ः२२ बजेदेखि       १२ः०१ बजेसम्म     अमृत बेला
दिनमा १२ः०१ बजेदेखि       १ः४० बजेसम्म      काल बेला
दिनमा १ः४० बजेदेखि        ३ः१९ बजेसम्म      शुभ बेला
दिनमा ३ः१९ बजेदेखि        ४ः५८ बजेसम्म      रोग बेला
साँझ ४ः५८ बजेदेखि        ६ः३७ बजेसम्म       उद्वेग बेला

यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।

राहुकाल समय : दिनमा ४ः३० देखि ६ः०० बजेसम्म राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।

नोट : यो पञ्चांगको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेदस्थान र विपरीत वेदस्थान समेतको गणना गरिएको छ ।



नयाँ