arrow

आमिर र सलमानमाथि आरोप

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख २४ आइतबार
salman-aamir.jpg

काठमाडौं । आमिर खान र सलमान खानको फिल्म ‘अन्दाज अपना अपना’का निर्देशकले ठूलो आरोप लगाएका छन् ।आफ्नो फिल्म फ्लप हुनुमा यी दुबै सुपरस्टार जिम्मेवार रहेको उनको भनाइ छ ।

सन् १९९४ मा आमिर खान र सलमान खानको फिल्म अन्दाज अपना अपना रिलिज भएको थियो । फिल्म हलहरूमा नराम्ररी फ्लप भएको थियो। 

अब २९ वर्षपछि यस फिल्मका निर्माता राजकुमार सन्तोषीले दुवै मुख्य कलाकारहरूले फिल्मको प्रचार नगरेको खुलासा गरेका छन् । उनले भने "न त सलमान न त आमिर फिल्मको प्रचार गर्न शहरमा थिए।"

फिल्मसँग सम्बन्धित कुनै गतिविधि नभएको उनले बताए । मिडियासँग पनि कुनै अन्तरक्रिया भएको छैन । निर्देशकले भने, "फिल्मको प्रमोशनका लागि जे गर्नुपर्‍यो त्यो हुन नसकेको, वितरक पनि निकै रिसाए ।"

अन्दाज अपना अपना बिलकुलै फरक कथा थियो। यसमा रोमान्सभन्दा कमेडी, साहसिक र हास्य बढी छ। मानिसहरूले यो फिल्म बुझ्न समय लगाएका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ