arrow

प्रचण्ड सरकार दशौँ पटक विस्तार [अपडेट]

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख २४ आइतबार
prachanda-gorvernemt-10th-expand-2080-01-24.jpg

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइतबार १०औँ पटक मन्त्रिपरिषद् विस्तार गरेका छन् । प्रधानमन्त्री प्रचण्डको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्री सुरेन्द्रराज आचार्यलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् । 

नेपाली कांग्रेसबाट मन्त्री बनेका आचार्यलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

त्यस्तै नेपाल समाजवादी पार्टीका महेन्द्रराय यादवलाई खानेपानी मन्त्रालयको जिम्मेवारी दिइएको छ । यसअघि खानेपानी मन्त्रालय जनमत पार्टीले लिएकामा असन्तुष्टिसँगै जनमत सरकारबाट बाहिरिएको थियो । योसँगै प्रधानमन्त्री प्रचण्डले मौजुदा मन्त्रिपरिषद् १०औँ पटक विस्तार गरेका छन् ।  

राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित शपथ ग्रहण समारोहमा प्रधानमन्त्री दाहाल, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायत सहभागी थिए । 

प्रधानमन्त्री प्रचण्डले पुसमा एक, माघमा तीन, फागुनमा दुई, चैतमा एक र बैशाखमा तीनपटक मन्त्रिपरिषद् विस्तार गरेका हुन् । 

 प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार ११ पुस, १०, १४ र २३ माघ, १४ र १६ फागुन, १७ चैत र ३, २१ र २४ बैशाखमा मन्त्रिपरिषद् गठन र विस्तार गरिएको हो ।


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ