- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । आज संवैधानिक परिषद्को बैठक बस्ने भएको छ ।
परिषद्को बैठक आज साँझ ६ बजे बस्न लागेको हो ।
बैठकले प्रधानन्यायाधीश नियुक्तबारे छलफल गर्ने बताइएको छ ।
प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच शनिबार छलफलपछि संवैधानिक परिषद् बैठक बोलाइएको हो।
सर्वोच्च अदालत १ फागुन २०७८ देखि प्रधानन्यायाधीशविहीन छ।
प्रधानन्यायाधीश नियुक्त गर्न पछिल्लो समय दबाब बढ्दै गएको छ ।
गत मङ्सिर २७ गतेदेखि कायममुकायम प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की छन् ।
चोलेन्द्रशमशेर राणा अनिवार्य अवकाशमा गएपछि कार्कीले कायममुकायम प्रधानन्यायाधीशको रूपमा काम गर्दै आएका छन् ।