arrow

रविनाले गरिन् अक्षयको प्रशंसा

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख २५ सोमबार
ravina-akshaya-.jpg

काठमाडौं । बलिउड अभिनेत्री रविना टण्डन र अक्षय कुमार एकैठाँउमा भेटिएका छन् । मुम्बईमा आइतबार रात दुवै एकै साथ देखिएका हुन् । 

मुम्बई आइतबार एक अवार्ड कार्यक्रमको आयोजना गरिएको थियो, जसमा उनीहरू भेटिएका हुन् ।

एक अवार्ड शोमा अक्षय कुमारलाई स्टाइल हल अफ फेम अवार्ड दिइएको थियो, जुन उनलाई रविना टण्डनले नै दिएकी छन् । 

रविनाले स्टेजमा अक्षय कुमारको प्रशंसा गरेकी छिन्। उनले अभिनेतालाई ९० को दशकको सुपरस्टार र रकस्टार पनि भनेकी छन् ।

कार्यक्रममा जान्हवी कपूर, सुस्मिता सेन, अनन्या पाण्डे, शिल्पा शेट्टी, अक्षय कुमार, रविना टन्डन लगायत धेरै सेलिब्रेटीहरू देखिएका थिए। 

रविना र अक्षय कुमार कुनै समय प्रेममा थिए । सन् १९९४ मा हिट फिल्म ‘मोहरा’ मा सँगै काम गरेपछि उनीहरूले १९९५ मा डेटिङ सुरु गरेका थिए ।

 दुवैले इन्गेजमेन्ट पनि गरेका थिए तर केही कारणले यो इन्गेजमेन्ट टुट्यो । आज पनि यो जोडीको प्रेमकथालाई मानिसहरूले सम्झन्छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ