arrow

ढाकाको रिट न्यायाधीश श्रेष्ठको इजलासमा 

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख २५ सोमबार
dhakakumar-shrestha-rsp.jpg
तस्बिर – फाइल ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका ढाकाकुमार श्रेष्ठले सांसद पदमा पुनर्बहाली गर्न माग गर्दै सर्वोच्च अदालतमा दायर गरेको रिट न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासमा परेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कारबाहीमा परी सांसद पद गुमाएका ढाकाकुमारले आइतबार रिट दायर गरेका थिए । 

उक्त रिटको प्रारम्भिक सुनुवाइका लागि न्यायाधीश श्रेष्ठको इजलासमा पेसी तोकिएको हो । उनलाई मन्त्री बन्नका लागि मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड घुस लेनदेनको अडियो सार्वजनिक भएपछि रास्वपाले कारबाही गरेको थियो । 

उक्त कारबाहीका आधारमा सभामुख देवराज घिमिरेले उनको सांसद पद खारेज गरेका थिए । तर त्यसलाई चुनौती दिँदै ढाका अदालत गएका हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ