arrow

आकाशबाटै फर्कियो विमान 

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख २५ सोमबार
shree-airlines.jpg

काठमाडौं । प्राविधिक समस्या देखिएपछि श्री एयरलाइन्सको विमान आकाशबाटै फर्किएको छ । 

भैरहवाबाट काठमाडौंका लागि उडेको एसएचए ८२२ नम्बरको विमान आकाशमा समस्या देखिएपछि पुनः भैरहवा फर्किएको हो । 

भैरहवाबाट करिब १९ मिनेट उडान भरेपछि ७२ सिट क्षमताको विमानमा समस्या देखिएको थियो । विमान बिहान ९: ४० बजे काठमाडौंका लागि उडेको थियो । 

विमानमा समस्या देखिएसँगै भैरहवामा सकुशल अवतरण गरिएको छ ।  अहिले प्राविधिक टोलीले विमानको चेकजाँच गरिरहेका छन् ।

यता रनवेमा श्री एयरलाइन्सको विमान रोकिएपछि काठमाडौंबाट भैरहवा उडेको यती एयरलाइन्सको विमान भैरहवा ल्याण्ड गर्न नसकेर काठमाडौं फर्किएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ