arrow

भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार तीन जनालाई

logo
प्रकाशित २०७३ असोज १९ बुधबार
nobel-prize.png
स्टकहोम । सन् २०१६ का लागि भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार यस बिधामा उल्लेख्य योगदान पु¥याएवापत डेभिड जे थाउलस, एफ डङ्कन एम हाल्डेन र जे मिखायल कोस्टर लिजलाई प्रदान गरिने भएको रोयल एकेडेमी अफ साइन्सेजले घोषणा गरेको छ । 
 
उनीहरुलाई भौतिक शास्त्रअन्तर्गतको सांस्थितिक अवस्थामा हुने परिवर्तन तथा महत्वका बारेमा सैद्धान्तिक अनुसन्धानात्मक अध्ययनका लागि गरेको भूमिकाको कदर गर्दै उक्त पुरस्कार प्रदान गरिएको हो । 
 
पुरस्कार घोषणापछि छोटो प्रतिक्रिया दिँदै सम्मानित वैज्ञानिक हाल्डेनले आफू भौतिक शास्त्रतर्फको नोबेल पुरस्कारद्वारा सम्मानित भएको समाचारले हर्षित बनाएको बताए ।
 
उनले आफ्ना अनुसन्धानबाट यसअघि उपेक्षित अवस्थामा रहेका महत्वपूर्ण कुरा पत्ता लगाएको बताए । उनले आफूहरुको समूहले गरेको अनुसन्धानबाट धेरै नयाँ पदार्थको खोजी गर्ने बाटो पहिल्याएकोे दाबीसमेत गरे । 
 
यस वर्षको पुरस्कारको राशि ८० लाख स्वीडिस क्रोना अर्थात् नौ लाख ३० हजार अमेरिकी डलर भएको र तीनै जना वैज्ञानिकलाई दामासाहीले वितरण गरिने एकेडेमीले बताएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ