arrow

नोबेलमा ट्रमा र सर्जिकल आईसीयूको स्तरोन्नति

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख २५ सोमबार
nobel-trauma-reconstruct.jpg

विराटनगर । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा ट्रमा र सर्जिकल आईसीयू सेवालाई थप व्यवस्थित बनाइएको छ । 

उपचार सेवालाई स्तरीय र व्यवस्थित बनाउँदै लगेको नोबेल अस्पतालले ट्रमा र सर्जिकल आईसीयू सेवालाई पनि थप व्यवस्थित बनाएको हो ।

दुर्घटनाजन्य चोटपटक लागेका र शल्यक्रिया गरिएका जटिल बिरामीलाई ट्रमा र सर्जिकल आईसीयूमा राखेर उपचार गर्ने गरिन्छ । 

ट्रमा र सर्जिकल आईसीयूलाई विस्तार र थप व्यवस्थित गरेर १५ बेड पुर्याइएको नायब अस्पताल निर्देशक डा. मुक्ति आचार्यले जानकारी दिए । 

उनका अनुसार आवश्यकता अनुसार थप बेड विस्तार गरिनेछ । जटिल अवस्थाका बिरामीको उपचारका लागि भेन्टिलेटरसहितको आईसीयू कक्ष छुट्याइएको छ । 

एनेस्थेसिया विभागको अगुवाइमा सञ्चालन हुने यो आईसीयूमा सबै सर्जरी विभागका विशेषज्ञ डाक्टरहरुको समन्वयमा विशेष उपचार सेवा प्रदान गर्ने गरिन्छ ।

नोबेल अस्पतालमा आयोजित औपचारिक कार्यक्रममा अस्पतालकी प्रबन्ध निर्देशक इन्दिरा शर्माले रिबन काटेर सेवा विस्तारको उद्घाटन गरिन् । 

सो अवसरमा बोल्दै प्रबन्ध निर्देशक शर्माले बिरामीहरुलाई स्तरीय उपचार सेवा प्रदान गर्न आवश्यकता अनुसार अस्पतालको सेवा विस्तार गर्दै लगिने जानकारी दिइन् । सो अवसरमा प्राचार्य प्रा.डा.रामहरी घिमिरे, एनेस्थेसिया विभागका प्रमुख डा.बन्दना पौडेल लगायतले स्तरीय र भरपर्दो उपचारका कारण नोबेल अस्पतालले बिरामीको मन जित्न सफल भएको भन्दै खुशी व्यक्त गरेका छन् ।

ट्रमा र सर्जिकल आईसीयूसँगै नोबेल अस्पतालमा जेनेरल आईसीयू, न्यूरो आईसीयू, पेडियाट्रिक आईसीयू र नियोनेटल आईसीयू पनि छ । ७५० बेडको नोबेलमा ६७ भेन्टिलेटरसहित १५० आईसीयू बेड छन् । 

नेपालका विभिन्न जिल्लासहित भारत, माल्दिभ्स, बर्मा लगायत देशका विरामी पनि उपचारका लागि नोबेलमा आउने गरेका छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ