arrow

कार्की प्रधानन्यायाधीशमा सिफारिस

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख २५ सोमबार
harikrishna-karki-chief-justice.jpg
तस्बिर – फाइल ।

काठमाडौं । संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई सिफारिस गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको परिषद्को बैठकले प्रधानन्यायाधीश नियुक्ति गर्नका लागि कार्कीको नाम सर्वसम्मत सिफारिस गरेको राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जानकारी दिए । 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको उक्त बैठकमा सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना, कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र उपसभामुख र्इन्दिरा रानामगर सहभागी थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ