arrow

हिमपहिरोमा बेपत्ता थप एक जनाको शव फेला

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख २६ मंगलबार
apf-toli-darchula.JPG

दार्चुला ।  दार्चुलाको व्यास गाउँपालिका-१ मा यही वैशाख १९ गते गएको हिमपहिरोमा परी बेपत्ता भएका थप एक जनाको शव फेला परेको छ । 

पहिरोमा पुरिएकी डोटीको जोरायल गाउँपालिका-२ की २८ वर्षीया ईश्वरी थापाको शव फेला परेको छाङरुस्थित सशस्त्र प्रहरी बल ५० नम्बर गुल्मका गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक ईश्वरीदत्त भट्टले जानकारी दिए । यसअघि बेपत्ता पाँच जनामध्ये तीन जनाको शव फेला परिसकेको छ । “अझै एकजना बेपत्ता छन्, उनको खोजी कार्य जारी छ”, उनले भने । 

हिमपहिरोमा परी बेपत्ता दार्चुलाको दुहँ गाउँपालिका-४ का ३६ वर्षीया कमला कुँवर, उनका छोरा १८ वर्षीय प्रवीण कुँवर तथा डोटीको जोरायल गाउँपालिका-२ की १५ वर्षीया क्षिमिसोमो थापाको शव फेला परेको थियो ।

 डोटीको जोरायल-२ की ४५ वर्षीया नक्की डोमा थापा अझै बेपत्ता छिन् । पाँचै जना यार्सागुम्बा सङ्कलनका लागि सो क्षेत्रमा गएका थिए । दार्चुला तथा अन्य जिल्लाबाट यार्सागुम्बा सङ्कलनका लागि बर्सेनी सर्वसाधारण यहाँ आउने गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ