arrow

२३ वर्षपछि फ्रान्सका राष्ट्रपति जर्मनी जाँदै 

राजकीय भ्रमण जर्मनी जाँदै म्याक्रोन

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख २६ मंगलबार
macron-france.jpg

जर्मनी ।  फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोन जर्मनी जाने भएका छन । राष्ट्रपति म्याक्रोनले आगामी जुलाईमा जर्मनीको पहिलो राजकीय भ्रमण गर्ने भएका हुन् । ऊर्जा नीतिदेखि चीनसम्मका विषयमा जारी तनावका बीच फ्रान्सका राष्ट्रपति म्याक्रोन जर्मनको तयारी थालेका छन् । 

राष्ट्रपति फ्रान्क वाल्टर स्टेनमियरको निमन्त्रणामा राष्ट्रपति म्याक्रोनले जुलाई २ देखि ४ सम्म जर्मनीको भ्रमण गर्ने भएका छन् । स्टाइनमियरको कार्यालयले २३ वर्षमा फ्रान्सका राष्ट्रपतिको यो पहिलो राजकीय भ्रमण हुने जनाएको छ ।

म्याक्रोनले स्टेनमियरसँग ‘जर्मनीका विभिन्न क्षेत्रहरू’ को भ्रमण गर्नुहुनेछ र हाम्रा राज्यहरू, हाम्रा नागरिकहरू र विशेष गरी जर्मन र फ्रान्सेली युवाहरू बीचको अद्वितीय सम्बन्धलाई जोड दिने बताएका छन् । 

“यो विशेष कार्यक्रमले दुई देशको दशकौँ पुरानो मित्रतामा नयाँ अध्यायको सुरुआत गरेको छ,” बर्लिनले भनेको छ । साथै स्टेनमेयर र म्याक्रोनबीचको घनिष्ठ व्यक्तिगत सम्बन्धको पनि सुरुआत भएको छ ।

जर्मनीकी विदेशमन्त्री एनालेना बेयरबोकले फ्रान्सेली समकक्षी क्याथरिन कोलोनासँग मङ्गलबार भेटवार्ता गर्ने र बुधबार एलिसी प्यालेसमा हुने मन्त्रिपरिषद्को बैठकमा सहभागी हुने कार्यक्रम रहेको म्याक्रोनको कार्यालयले जनाएको छ ।

जर्मनी, जोर्डन र इजिप्टका विदेशमन्त्रीसँग मध्यपूर्वको अवस्थाबारे छलफलका लागि कोलोना बिहीबार बर्लिनमा हुने अपेक्षा गरिएको छ । नयाँ विश्वव्यापी वित्तीय सम्झौताका लागि सम्मेलन, जुनको अन्त्यमा युरोपेली सङ्घको शिखर सम्मेलन र जुलाईमा नेटो शिखर सम्मेलनलगायतका महत्वपूर्ण कार्यक्रमहरू अघि म्याक्रोनले ६ जुनमा जर्मन चान्सलर ओलाफ स्कोल्जलाई भेट्न बर्लिनबाहिर पोट्सडाम जानेछन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ