arrow

दार्चुलामा चट्याङ लागेर एकको मृत्यु, दुई घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख २६ मंगलबार
lighting-thundering.jpg

दार्चुला । दार्चुलामा चट्याङ लागेर एकको मृत्यु भएको छ । शैल्यशिखर नगरपालिका-३ दार्माका १५ वर्षीय नरेश खत्रीको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी ज्ञानेन्द्र बहादुर सिंहका अनुसार सोमवार बेलुकातिर खेतमा काम गरिरहेका ३९ वर्षीया मिना खत्री, ३० वर्षीय कुमार खत्री र १५ वर्षीय नरेश खत्रीलाई चट्याङ लाग्दा घाइते भएका थिए । 

घाइते तीनै जनालाई गोकुलेश्वर अस्पताल पुर्‍याए पनि नरेश खत्रीलाई डाक्टरले मृत घोषणा गरेको सूचना अधिकारी सिंहले बताए ।

उनीहरू एकै घर परिवारका हुन् । मिना र कुमारको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । खेतमा काम गरिरहेका बेला चिउरीको रुखमा चट्याङ परेको बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ