arrow

मध्यप्रदेशका उद्योगीलाई नेपालमा लगानी गर्न आग्रह

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख २६ मंगलबार
lagan-madhyapradesh.JPG

काठमाडौं । भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न उत्प्रेरित गरिएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्व अध्यक्ष डा भवानी राणाको नेतृत्वमा गएको नेपाली टोलीले मध्य प्रदेशमा रहेको ग्लोबल फोरम फर इन्डस्ट्रियल डेभलपमेन्ट (जीएफआईडी) का सदस्य, उद्योगी, व्यापारी र निर्यातकर्तासँग भेटवार्ता गरेका छन् ।

टोलीले नेपालमा आयात हुने विभिन्न उत्पादनको सम्भावनाको मूल्याङ्कन गरेको छ । भेटमा साउथ इन्डियन चेम्बर अफ कमर्स एण्ड इन्ड्रस्ट्रिजका राष्ट्रिय सचिव सागर कटवालले खाद्य तथा कृषि, मेनिफ्याचरिङ प्लान्ट लगाउन सक्छौ भनेर पहल गरेका थिए । उनले पर्यटनलाई दुई राष्ट्रबीच जोड्न इन्दोर र काठमाडौंबीच साताको दुई उडान राख्न माग समेत गरेका छन् ।  

जीएफआईडीका अध्यक्ष दीपक भण्डारीले मध्यप्रदेशका नेपाल र भारतबीचको ट्रेडको सम्भावना बढाउन आफू तयार रहेको सुनाउँदै नेपाल आफू आउन चाहेको बताए। जीएफआईडीको टोली नेपाल आउन तयारीमा रहेको उनले जानकारी दिए । 

इन्दोर उद्योग र व्यापारको लागी एक प्रमुख बजारको रूपमा उदाइरहेको छ। खाद्य उद्योग, औषधि तथा आयुर्वेदिक, कृषिजन्य उत्पादन, अटो मोबाइल तथा अटो पार्ट्स प्याकेजिङ्ग, रसायन, कम्प्युटर हार्डवेयर तथा सफ्टवेयर, सिमेन्ट, खाजा तथा मिठाई, तयारी कपासलगायतका क्षेत्रमा यहाँका विभिन्न प्रकारका उत्पादनको नेपालमा ठूलो माग छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ