arrow

स्वर्णिमलाई मर्यादा कायम राख्न राजेन्द्र बजगाईंको सुझाव [भिडियोसहित]

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख २६ मंगलबार
rajendra-bajgain-gorkha-1-congress-mp-2079-2022.jpg

काठमाडौं । नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्लेलाई मर्यादा कायम गर्न सुझाव दिएका छन् । प्रतिनिधि सभाको बैठकमा प्रि–बजेटमाथिको छलफलमा भाग लिँदै बजगाईँले वाग्लेलाई संसदको मर्यादा राख्न सुझाव दिएका हुन् । 

उनले वाग्लेले सोमबार संसदमा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका हुन् । वाग्लेले सोमबारको छलफलका क्रममा कांग्रेसको चुनावी घोषणापत्र आफूले लेखिदिएको बताउँदै त्यसमा भएका आर्थिक सुधारका पाटाहरूलाई कार्यान्वयन गर्न सुझाव दिएका थिए । 

वाग्लेले भनेका थिए, ‘‘नेपाली कांग्रेसको घोषणापत्र पढ्नुभएको होला हाम्रा अर्थमन्त्रीज्यूले, मैले पनि पढेको छु, मैले पनि धेरैबहुत लेखिदिएकै हो । त्यहाँ ओम्निबस आर्थिक सुधारको कुरा गरिएका छन्। आफ्नै घोषणापत्र पढेर कार्यान्वयनमा उतार्नु होला। यो हैरानी र झन्झटको दुश्चक्रबाट अर्थतन्त्रलाई बाहिर ल्याउनुपर्ने छ।’

यही अभिव्यक्तिलाई लिएर बजगाईंले आपत्ति जनाएका हुन् । उनले भने, ‘हामीले हाम्रो घोषणापत्र तयार गर्दैगर्दा नेपाली कांग्रेसका तत्कालीन अर्थशास्त्री माननीय वाग्लेजीलाई सहयोग माग्यौँ । त्यहाँबाट निस्किसकेपछि मैले बनाइदिएको घोषणापत्र प्रतिबिम्बित गर्नुपर्थ्यो भनेर यो सदनमा उभिएर भन्नुभयो । त्यो छुच्याईँ हाम्रा अग्रजहरुले जानेका होइनन् र थिएनन् । म यहाँलाई फेरि पनि स्मरण गर्न चाहन्छु मोटिभेसनल फी भनेको हामीले नियुक्ति प्रदान गर्यौँ। त्यसमा ख्याल गर्नुहोला। तपाईं पनि यो सदनमा प्रवेश गरिरहनुभएको छ । मर्यादा कायम गर्नुहोला ।’ 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ