arrow

झिटीगुण्टा नियमावली संशोधन, विदेशबाट आउँदा थप एक मोबाइल ल्याउन पाइने

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख २६ मंगलबार
cabinet-2080-01-26.jpg

काठमाडौं । सरकारले झिटीगुण्टा नियमावली संशोधन गर्ने भएको छ । आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषदको बैठकले उक्त नियमावली संशोधन गर्ने जनाएको हाे । 

त्यस्तै अब विदेशबाट आउने नेपाली नागरिकले आफ्नो साथमा बढीमा दुई वटा मोबाइल ल्याउन पाउने व्यवस्था गरिएको छ । बैठकले आफ्नो साथमा बढीमा दुई वटा मोबाइल ल्याउन पाउने व्यवस्था गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

यसअघिको व्यवस्थाअनुसार आफ्नो साथमा आफूले चलाइरहेको मोबाइल मात्रै ल्याउन पाउने व्यवस्था थियो ।  त्यस्तै सरकारले नेपाल कृषि वन सेवा समीकरणको सचिवमा रेवतीरमण पौडेललाई बढुवा गरेको छ । 

त्यस्तै सरकारले सहकारी क्षेत्रको समग्र सुधारका निम्ति कार्यदल गठन गरेको छ । मन्त्री रेखा शर्माले कोहलपुर वितरणका लागि जग्गा प्राप्ति गर्ने र प्रारम्भिक कारबाही चलाउने अधिकारी तोक्ने भन्ने निर्णय गरिएको बताइन् । 

उनले भनिन्, “ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको प्रस्तावमा ढल्केबर–वाणगङ्गा १३२ केभी प्रसारण लाइन निर्माणका लागि जग्गा प्राप्ति गर्ने र प्रारम्भिक कारबाही चलाउन अधिकारी तोक्ने भन्ने निर्णय भएको छ ।” 

मन्त्रिपरिषद्को बैठकले कोहलपुर वितरण केन्द्रका लागि जग्गा प्राप्ति गर्ने र प्राविधिक कारबाही चलाउनको निम्ति सम्बन्धित प्रशासकीय अधिकृत अधिकारीलाई तोक्ने पनि निर्णय गरेको छ ।

“प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको प्रस्तावमा इसमिट बोर्ड अफ गभर्नमेन्स मिटिङमा सहभागी हुनका लागि योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठलाई स्वीकृति दिने पनि निर्णय भएको छ”, उनले भनिन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ