arrow

हिउँ पहिरो बेपत्ता खोजी अपडेट

पाटनमा १० फिट बढी हिउँ जमेकाले बेपत्ताहरूको खोजीमा समस्या

logo
नृपेन्द्र बहादुर मल्ल,
प्रकाशित २०८० वैशाख २७ बुधबार
chargel-lekh.jpg

मुगु । मुगु हिमपहिरोमा परि बेपत्ता भएकाहरूको खोजीमा मंगलबार देखि सुरक्षाकर्मीहरू लागी परे पनि पाटन तथा हिमालमा बाक्लो हिउँ जमेकाले खोजी कार्यमा समस्या भइरहेको बताइएको छ । नेपाली सेनाको हेलिकप्टर मार्फत २४ गते बेपत्ताहरूको खोजीका लागी नेपाल सरकारले सुरक्षाकर्मी सहित २३ जना घटना स्थलमा पठाएको थियो । 

सुरक्षाकर्मीहरूले घटना स्थल भन्दा ४ घण्टा तल बेसीमा रहेको छापाखोलामा बेस क्याप राखी बिहानै घटना स्थल तर्फ बेपत्ताको खाजीमा जाने र बेलुका क्यापमा फर्कने गरेका छन् । मंगलबारबाट खोजी कार्य शुरु गरे पनि घटना स्थलसम्म पुग्न सुरक्षाकर्मीहरू सकिरहेका छैनन् । 

बाटोमा बाक्लो हिउँ छ सुरक्षाकमीहरुले जानकारी दिए अनुसार पाटन तथा हिमालमा १० फिटसम्म हिउँ छ,बाटो पत्ता लगाउन सकिएको छैन,जताततै सेतामय छ ,खोजीमा गएका सुरक्षाकर्मी नै खोजीमा पर्न सक्ने अवस्था रहेको छ । मंगलबार दिनभरिको प्रयास सफल हुन सकेन बुधबार पुन प्रयास गर्ने जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरीक्षक मोहन बहादुर बस्नेतले बताए । 

घटना स्थलमा सुरक्षाकर्मीहरू खुल्ला आँखा,परम्परागत शैली डोरी,लाठीको सहाराले बेपत्ताको खोजीमा लागी रहेका छन्,बाक्लो हिउँ छ त्यस माथि हिउँ पनि परिरहेको छ मौसम छिनछिनमा फेरबदल हुन्छ साहै समस्या छ प्रनाउ बस्नेत भन्नुहुन्छ सुरक्षाकर्मीहरू नै जोखिममा पर्ने अवस्था छ । 

गत २२ गते मुगु जिल्लाको मुगुम कार्मारोङ्ग गाउँपालिका वडा नं १,२ वडामा पर्ने च्याँखु लेखमा हिउँ पहिरो आउँदा यार्सा टिप्न मुगुका पाटनमा पुगेका जुम्ला जिल्ला पातारासि गाउँपालिका वडा नं २ तल्फि गाउँका १५ जना मध्य तारासिंह सार्की (४०), पुन्न सार्की (३५) र वीर बोहोरो (३५) बेपत्ता भएका थिए । 

हिउँ पहिरोमा बेपत्ता भएका मध्य पुन्न सार्कीको लास सँगै गएका साथीहरूले निकालेर पाटन मै छोडी सदरमुकाम गमगढी आए पनि बेपत्ताहरूको खोजी गर्न सुरक्षा टोली सहित पुग्दा छोडेको लास पत्ता लगाउन नसकिएको सायद पुन हिउँ पहिरो आई फेला परेको लाख पनि बेपत्ता पारेको हुनसक्ने सुरक्षा निकायले बताएको छ । 

गाउँपालिकाले व्यवस्थित रूपमा यार्सा पाटनहरूमा सङ्कलकहरू पठाउन आगामी जेठ ४ गते प्रवेश खुल्ला गर्ने सूचना गरिरहेपछि प्रवेश मिति भन्दा अगावै चोरी बाटोबाट पाटनहरूमा मानिसहरू पुग्दा जोखिममा पर्ने गरेको छन् । 

वैधानिक रूपमा यार्सापाटनहरुमा पुग्ने सङ्कलकहरूलाई गाउँपालिकाले यार्सा दुर्घटना बिमा गरेको छ । यदि कोही दुर्घटनामा परि घाइते भए उपचार र मृत्यु भए परिवारलाई बिमा रकम पाउने भएकाले जोखिम मोलेर लुकीछिपी पाटनहरूमा नजान र स्थानीय सरकारले तोकेको शुल्क तिरी सुरक्षाकर्मी र सुरक्षा टोलीहरूको निगरानी,सम्पर्कमा रहेर यार्सागुम्बा टिप्न जान हुन मुगुम कार्मरोङ्ग गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवासचन्द्र रावलले सामाजिक सञ्जालमा सूचना जारी गदै सबैमा आग्रह गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ