भुटानी शरणार्थी प्रकरणमा सरकारले दह्रोसंग खुट्टा टेक्यो भने, फिल्म चल्छ, हाउसफुल हुन्छ : गगन थापा (भिडियो)
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख २७ बुधबार
621
Shares
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले भुटानी शरणार्थी प्रकरणमा सरकारले दह्रोसंग खुट्टा टेके फिल्म चल्ने बताएका छन् । महामन्त्री थापाले नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारले दह्रोसँग खुट्टा टेक्यो भने यो भन्दा अगाडि उसले सुशासनको नारा लगाउन सक्ने बताएका हुन् ।
उनले भने,' यो प्रकरणमा सरकारले दह्रोसँग खुट्टा टेक्यो भने यो भन्दा अगाडि उसले सुशासनको नारा लगाउन सक्छ । फिल्म चल्छ हाउस फुल हुन्छ । नभए हल खाली हुन्छ । नागरिकलाई फेयर लाग्नुपर्छ ।'
शरणार्थी प्रकरणमा कारबाहीको दायरामा आउनु पर्ने बताउँदै महामन्त्री थापाले भने,' मेरो आग्रह छ अनुसन्धान फ्री र फेयर होस् । निर्दोष कोही पनि नपरोस् । तर दोषी छ भने नेता होस् कि नाता होस् एउटा पनि नछुटोस् ।'