arrow

जहाज विमानस्थलमा अवतरण हुन नसकेपछि

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख २८ बिहिबार
airport.jpg

काठमाडौं ।  अन्तर्राष्ट्रिय उडानका तीन जहाज भारतको वनारस र लखनऊ डाइभर्ट भएका छन् । एयर इन्डियाको जहाज त्रिभुवन  अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुन नसकेपछि एयर इन्डिया बनारस र फ्लाई दुबई र इन्डिगो एयरको जहाज लखनाउ डाइभर्ट भएको विमानस्थल कार्यालयले जनाएको छ ।
    
विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार डाइभर्ट भएका तीन जहाजमध्ये एयर इन्डिया र फ्लाई दुबईको जहाज पुनःअवतरण भइसकेका छन् भने इन्डिगो एयर राति १०:४५ बजे काठमाडौं अवतरण गरेको छ ।
     
डाइभर्ट हुनुअघि एयर इन्डियाको जहाजले बुधबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनै लाग्दा ओभरसुट गरेको थियो । काठमाडौं विमानस्थलमा मिस एप्रोच भएपछि उक्त जहाज करिब एक घण्टा आकाशमा फन्को लगाएर ‘होल्ड’ भएको थियो । जहाजले पुनःएप्रोच लिन नसकेपछि बनारस डाइभर्ट भएको विमानस्थलले जनाएको छ ।
     
विमानस्थलका एक एयर ट्राफिक कन्ट्रोलर (एटिसी) का अनुसार ‘टेल वीन’ (पछाडिबाट लागेको हावा)का कारणले जहाज अवतरण समस्या आएको बताए । अन्तर्राष्ट्रिय उडानका ठूला जहाज धावनमार्गको दक्षिणतर्फबाट मात्रै अवतरण हुन्छ । 

दक्षिणतर्फ तीव्र गतिको हावा चलेकाले जहाज अवतरण हुन नसकेका हुन् । यता मलेसियाको क्वालालम्पुरबाट आएको हिमालय एयरलाइन्स झण्डै एक घण्टा सिमरा माथिको आकाशमा होल्ड भएपछि अवतरण भएको थियो। सिङ्गापुर एयरलाइन्सले पनि केहीबेर होल्डमा परेर अवतरण गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ