arrow

बालकृष्ण खाँडसँग सरकारी वकिलले विषय केन्द्रित बयान लिँदै 

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख २८ बिहिबार
balkrishna-khand-arrest1.jpg
तस्बिर – फाइल ।

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्व गृहमन्त्री बालकृष्ण खाँडको आजबाट बयान शुरु हुने भएको छ । सरकारी वकिलले आजबाट पूर्व मन्त्री खाँड पक्राउको विषयमा केन्द्रित भएर आज बयान लिन शुरु गर्ने भएको हो । 

‘हिजो प्रहरीले किन पक्राउ गरेको हो ? अदालत किन जानु भएको हो ? अदालतले के के निर्णय दियो ? लगायतको विषयमा सामान्य सोधपुछ गरिएको थियो भने आजबाट पक्राउ पर्नुको कारण के हो र त्यसमा उनको संलग्नता के कस्तो हो ? भन्ने विषयमा केन्द्रित भएर बयान शुरु हुनेछ,’ एक सरकारी वकिलले भने । उनका अनुसार आजबाट नक्कली भुटानी शरणार्थी प्रकरणमा खाँडको संलग्नता र उनका सहयोगीहरुका बारेमा पनि सोधपुछ गरिने छ ।

बुधबार बिहान ‘जरुरी पत्र’ मार्फत पक्राउ परेका पुर्व गृहमन्त्री खाँड माथि अनुसन्धान गर्नका लागि जिल्ला अदालत, काठमाडौंले चार दिनको समय दिइसकेको छ । 

अदालतले दिएको समयसिमा भित्र नै खाँडको बयान सक्ने तयारीमा सरकारी वकिलको कार्यालय रहेको छ । आज रातभर प्रहरी कस्टडीमा बिताएका पूर्व गृहमन्त्री खाँडसँग आज बिहान १० बजेपछि सरकारी वकिलले बयान लिन शुरु गर्ने जनाइएको छ ।

हिजो झन्डै ४५ मिनेट सरकारी वकिलको कार्यालयमा बिताएका खाँडले सरकारी वकिल समक्ष आफनो पक्राउ बारेमा सामान्य जानकारी दिएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ