- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेकपा एमालेले केन्द्रीय कमिटीको बैठक बोलाएको छ । बैठक केन्द्रीय कार्यालय च्यासलमा बिहान १० बजेबाट बस्ने गरि एमालेले बलाएको हो ।
नक्कली भुटानी शरणार्थी प्रकरण बाहिरिएको बेला एमालेको यो बैठकलाई अर्थपूर्ण रूपमा हेरिएको छ । शरणार्थी प्रकरणमा एमाले सचिव टोपबहादुर रायमाझी फरार रहेका छन् ।
फरार रहेका एमाले सचिव रायमाझीलाई छानबिनमा सहयोग गर्न एमालेले निर्देशन दिएको छ । मंगलबार बसेको एमाले सचिवालय बैठकपछि रायमाझीलाई फोन गरेर नेपाल आउन भनिएको छ । सोसँगै पूर्व उपप्रधानमन्त्री समेत रहेका रायमाझीले आत्मसमर्पण गर्ने तयारीमा रहेको बताइको छ। तर अहिलेसम्म रायमाझीले आत्मसमर्पण गरेका छैनन् । रायमाझी हाल भारतमा रहेको बताइएको छ ।
कांग्रेसका शक्तिशाली नेता समातिँदा एमालेमाथि फरार सचिव ल्याउन दबाव रहेको छ। हिजो नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति सदस्य एवं पूर्व गृहमन्त्री बालकृष्ण खाँड पक्राउ परेका थिए ।
अहिलेसम्म नेपाली युवालाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै करिब ८७५ जना नेपालीसँग १० देखि ५० लाखसम्म रकम उठाउन सक्रिय रहेको आरोपमा गिरोहका आठ जनालाई पक्राउ गरिसकेको प्रहरीले जनाएको छ ।
आज शुरु हुने बैठक तीन दिनसम्म चल्ने छ । बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, केन्द्रीय निकायहरूको प्रतिवेदन, मिसन ग्रास रुटको प्रतिवेदन, प्रदेशहरूको कार्य योजना, केन्द्रीय सदस्यहरूको कार्य विभाजन, पार्टी प्रवेशीहरुको व्यवस्थापनलगायतका १० वटा कार्यसूची रहेको छ ।