arrow

छोराले चलाएको मोटरसाइकल दुर्घटनामा आमाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख २८ बिहिबार
accident-final_1618193180.jpg

विराटनगर । मोरङमा मोटरसाइकल दुर्घटना हुँदा एक महिलाको ज्यान गएको छ । मृत्यु हुनेमा स्थानीय ५० वर्षकी मानकीदेवी साह रहेकी छन् । 

जिल्ला ट्राफिक प्रमुख प्रहरी निरीक्षक सुनिलकुमार श्रेष्ठका अनुसार प्रदेश १-०२-०४९ प ७८३६ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भएर दुर्घटनामा परेको हो ।

मोटरसाइकल मानकीदेवीका २९ वर्षका छोरा दिनेशकुमार साहले चलाएका थिए । मोटरसाइकलको पछाडि सवार आमा मानकीदेवी दुर्घटनामा गम्भीर घाइते भएकी थिइन् । उनको विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचारको क्रममा ज्यान गएको हो ।

दुर्घटनामा दिनेशकुमार भने सामान्य छन् र उनीमाथि अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ