मोरङ ३ मा रास्वपाका गणेश कार्की विजयी, सुनील शर्मा पराजित
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २४ आइतबार
912
Shares
काठमाडौँ। मोरङ निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार गणेश कार्की निर्वाचित भएका छन्। गत बिहीबार सम्पन्न निर्वाचनको अन्तिम मत परिणामअनुसार कार्कीले ३६ हजार ९२४ मत प्राप्त गरी जित हासिल गरेका हुन्। उनले आफ्ना निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रभावशाली उम्मेदवार सुनीलकुमार शर्मालाई १२ हजार ५७० मतान्तरले पराजित गरेका छन्।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार कांग्रेसका सुनीलकुमार शर्माले २४ हजार ३५४ मत प्राप्त गरेका छन्। यस्तै, श्रम संस्कृति पार्टीका उम्मेदवार अमिर मगरले १६ हजार ५०९ मत ल्याएर तेस्रो स्थान हासिल गरेका छन् भने नेकपा (एमाले) का उम्मेदवार इरन राई ७ हजार ७५२ मतमा खुम्चिएका छन्।
यस क्षेत्रमा कुल १ लाख ५८ हजार ५७ मतदाता रहेकामा ९६ हजार ६७७ मत खसेको थियो। मोरङ ३ मा पुराना र स्थापित शक्तिहरूलाई पछाडि पार्दै गणेश कार्कीले निकालेको यो नतिजाले पूर्वमा 'घण्टी' को लहर निकै सशक्त रहेको पुष्टि गरेको छ।