arrow

महाभारत फिल्म बनाउँदै राजामौली

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख २८ बिहिबार
ssrajamauli-mahabharat.jpg

मुम्बई । फिल्म ‘बाहुबली’ निर्देशक एसएस राजामौली आफ्नो लार्जर देन लाइफ फिल्मका कारण चर्चामा आइरहन्छन् । उनले दर्शकलाई ‘मख्खी’, ‘बाहुबली’ र ‘आरआरआर’ जस्ता फिल्म दिइसकेका छन् ।

यी निर्देशक यतिबेला पौराणिक कथा ‘महाभारत’ को कथामा फिल्म बनाउने तयारीमा छन् । राजामौली १० भागमा ‘महाभारत’ बनाउने तयारीमा छन् । ‘मैले महाभारत बनाउँदा एक वर्षको समयावधि लाग्नेछ । जुन १० भागको हुनेछ । म अहिले महाभारत बनाउनका लागि केही न केही सिकिरहेको छु । महाभारत बनाउने मेरो सपना हो । त्यो सपना पूरा गर्नमा दृढ छु,’ उनले भनेका छन् ।

राजामौली फरक शैलीको महाभारत बनाउने सोचमा छन् । ‘महाभारतको कथा त्यही हुनेछ, तर यसका पात्रहरुको काम भने गम्भीर किसिमको हुनेछ । जुन चरित्रका लागि महाभारत लेख्नेछु, त्यो तपाईं हामीले पढेको चरित्र भन्दा फरक हुनेछ’, राजामौली भन्छन् ।

राजामौली हाल महेश बाबुका साथ नयाँ फिल्मको तयारीमा छन् । यो फिल्म हाल प्रि–प्रोडक्सन चरणमा छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ