arrow

एपीएफ अस्पतालमा डाइलासिस सेवा

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख २८ बिहिबार
apf-hospital-dialisis.jpg

काठमाडौं । नेपाल एपीएफ अस्पतालमामा डाइलासिस सेवा शुरु भएको छ । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले काठमाडौंको बलम्बुस्थित नेपाल एपीएफ अस्पतालमा थप गरिएको डाइलासिस सेवाको बुधबार उद्घाटन गरे । 

सो अवसरमा अर्यालले सरकारले जनस्वास्थ्यप्रति चासो राख्दै डाइलासिस र मृगौला प्रत्यारोपणमा सहयोग उपलब्ध गराउने निर्णय भएपछि शुरु भएको यो सेवाले अस्पतालको विस्तार र विविधिकरणमा महत्वपूर्ण सघाउ पुग्ने बताए । 

महानिरीक्षक अर्यालले अस्पतालमा डाइलासिस सेवा विस्तारले सशस्त्र प्रहरी कर्मचारी, आश्रित परिवारजन, अमर सशस्त्र प्रहरीका परिवारजन, अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारी एवं परिवारजन, स्थानीयबासीलगायत आम सर्वसाधारण तथा विपन्न नागरिकहरुले पनि सेवा पाउने बताए । 

अस्पतालका प्रमुख प्राविधिक सशस्त्र प्रहरी नायव महानिरीक्षक डा. रुपक महर्जनले नेपाल एपीएफ अस्पतालमा हाल ६ क्षमताको डाइलासिस सेवा सञ्चालनमा ल्याइ आगामी दिनमा अन्य सेवा सुविधाहरुसमेत विस्तार गरिँदै लगिने बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ