arrow

महालक्ष्मीको प्रिय दिन कस्तो रहला ?

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख २९ शुक्रबार
rashifal-horoscope-31.jpg

आजको पञ्चाङ्ग

मिति २०८० वैशाख २९ गते शुक्रबार, इस्वीसंवत मे १२ तारिक सन् २०२३, शालिवाहनीयशाके १९४५, नेपाल संवत् ११४३, पिंगल नामको संवत्सरः, सूर्य पृथ्वीको उत्तरी गोलार्द्धमा छन् । वसन्त ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार ज्येष्ठकृष्णपक्ष चलिरहेको छ । सौरमान अनुसार आज ज्येष्ठकृष्णपक्षको सप्तमी तिथि बिहानमा १०ः४६ मिनेटसम्म त्यसपश्चात् अष्टमी तिथि लाग्नेछ । नक्षत्रमा श्रवण दिनमा २ः५० बजेसम्म त्यसउप्रान्त धनिष्ठा लाग्नेछ । विष्कुम्भादि योगमा शुक्ल २२ घटि ११ पलासम्म त्यसपछि ब्रह्म योग लाग्नेछ ।

करणमा बालब ४० घटि ३३ पलासम्म त्यसपछि तैतिल लाग्नेछ । आनन्दादि योगमा धूम्र रहनेछ । सूर्य मेष राशिमा, चन्द्रमा मकर राशिमा राति १ः५९ बजेसम्म त्यसउप्रान्त कुम्भ राशिमा प्रवेश गर्नेछ । आज दिनमान ३३ घटि २९ पला अर्थात १३ घण्टा २६ मिनेटको रहनेछ । आज सूर्योदय काठमाडौं केन्द्र विन्दुमा रही बिहान ०५ः१९ बजे विभिषण मुहूर्तमा भइसकेको छ भने सूर्यास्त साँझ ठीक ०६ः४३ बजे हुनेछ । यस्तै, चन्द्रउदय रातिमा १२ः३३ बजे हुनेछ भने चन्द्रअस्त भोलि बिहान ११ः१९ बजे हुनेछ ।

आजको राशिफल

मेष : मेष राशि भएकाहरूका लागि आज समय शुभ रहनेछ । आफ्नो क्षमता प्रयोग गरी अरुको ध्यान आफूतिर आकर्षित गर्न सकिनेछ भने मान सम्मानमा वृद्धि भएर जानेछ । मानव निर्मित भौतिक सम्पतिको प्रयोग गर्न पाईने तथा विलासी जीवन व्यतित गरि रमाउने समय रहेकोछ । जीवन साथीसँग रमाईलो यात्राको तय गर्न सकिनेछ भने एकल तथा साझेदारी व्यावसायबाट प्रशस्त आम्दानी गर्न सकिनेछ । कला तथा साहित्य क्षेत्रमा पनि राम्रो प्रगति हुने योग रहेकोछ ।

वृष : वृष राशि भएकाहरूका लागि आज पनि समय ठीक छैन । घर जग्गा तथा सवारी साधनको खरिद बिक्री गर्दा ध्यान दिनुहोला घाटा लाग्न सक्छ । विद्यामा सन्तोषजनक प्रगति भएर जानेछ । राजनीति तथा समाज सेवामा जनताको आलोचनात्मक समर्थन रहनेछ । कृषि तथा पशुपालन व्यावसाय भने फस्टाएर जानेछ । आमा तथा आमा सरहका मानिससँग मनमुटाब बढ्नेछ । विश्वास गरेकाहरुबाट धोका हुन सक्छ सजक रहनुहोला ।

मिथुन : मिथुन राशि भएकाहरूका लागि आज पनि समय खराब छ । राजनीति तथा समाज सेवामा सम्मानजनक स्थान पाउन बढिनै मेहनेत गर्नुपर्नेछ । परिवारका सदस्यसँग विवाद बढ्ने योग रहेको छ भने आफन्तहरु टाढिनेछन् । व्यापार व्यावसायमा लगानी गरे अनुसार प्रतिफल प्राप्त नहुने हुँदा मन खिन्न हुनेछ । माया प्रेममा एक अर्काबीच मनमुटाव सिर्जना हुनेछ । अध्ययनमा मन नजाँदा अरु भन्दा पछि परिने अधिक सम्भावना रहेको छ ।

कर्कट : कर्कट राशिका लागि आज पनि समय शुभ छ । बोलीको प्रभाव बढ्ने हुँदा बोलिकै भरमा कामहरु हुनेछन् । कार्यक्षेत्रमा तपाईको निर्णयको उच्च कदर हुनेछ । आफन्त तथा परिवारका सदस्यहरु तपाईको कामदेखि खुशी हुनेछन् । सभा सभारोहमा सहभागी भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । व्यापार व्यावसाय फस्टाएर जाने हुनाले आम्दानीका स्रोतहरु बढाउन सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ ।

सिंह : सिंह राशि भएकाहरूका लागि आज पनि समय राम्रो छ । लामो दुरीको व्यावसायिक यात्रा हुने सम्भावना रहेकोछ । शैक्षिक तथा धार्मिक यात्राको हुनेछ भने विद्या तथा प्रतिष्पर्धामा अरुभन्दा अग्रस्थानमा तपाईको नाम आउनेछ । भाग्य तथा समयले साथ दिने हुनाले सबै प्रकारका कामहरुमा लाभ मिल्ने समय रहेकोछ । माया प्रेमको गाठो कस्सिनेछ भने जीवन साथीको सहयोगले राम्रा काम गर्न सकिने समय रहेकोछ ।

कन्या : कन्या राशि भएकाहरूका लागि आज पनि समय शुभ छैन । सानातिना घरेलु समस्याहरुले साताउनेछ भने सानो काम सम्पादन गर्न पनि दिनभर समय लाग्नेछ । समयले साथ नदिंदा हुनै लागेको कामहरु बिग्रने तथा अरुकै पोल्टोमा जानेछन् । माया प्रेममा मनमुटाव सिर्जना हुनेछ भने जीवन साथीको असहयोगले महत्वपूर्ण उपलब्धि गुम्न सक्छ । व्यापारमा तत्काल लगानि गर्ने समय नरहेकोले केहि समय पर्खनु उचित हुनेछ ।

तुला : तुला राशि भएकाहरूका लागि आज पनि समय शुभ छैन । छोटो तथा रमाईलो यात्रा हुने भए पनि गन्तब्यमा पुग्नुभन्दा पहिला नै बिभिन्न वाधा तथा अवरोधहरुको सामना गर्नुपर्नेछ । व्यापार व्यावसायबाट खासै आम्दानी हुने छैन भने लगानी गर्नका लागि केही समय पर्खनु नै राम्रो हुनेछ । अध्ययनमा मन नजाने हुदा अरु भन्दा पछि परिनेछ । माया प्रेममा मनमुटाव सिर्जना हुनेछ ।

वृश्चिक : वृश्चिक राशि भएकाहरूका लागि आज समय शुभ छ । व्यापार व्यावसायमा लगानी गरी प्रशस्त आम्दानि गर्न सकिनेछ भने प्राकृतिक स्रोत साधन तथा पैतृक धन सम्पति परिचालन गरि मनग्य आम्दानी गर्न सकिनेछ । पढाई लेखाईमा मन जानेछ भने शिक्षा क्षेत्रको लगानी फस्टाएर जानेछ । प्रेम प्रसंगमा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछ । दाजुभाई तथा आफन्तबाट काममा सहयोग हुने हुनाले लगानी बढाउन सकिनेछ ।

धनु : धनु राशिका लागि आज समय अत्यन्तै खराब छ । वाणीमा दोषलाग्न सक्छ, बोलीवचनको व्यवहारमा ख्याल पुर्याउनु होला । व्यवसायिक कार्यमा भने प्रगति नै हुने देखिएको छ तथापि सन्चित धनको अपव्ययलाई भने नकार्न सकिन्न । समाजिक कार्यमा संलग्न हुने मौका मिल्नसक्ने छ । नाता–सम्बन्धमा पनि केही सजग हुन जरुरी छ । परोपकार तथा कसैको काममा जुट्न पर्ने र आफ्नो कार्य थाति रहन सक्ने कुरालाई पनि नकार्न सकिन्न ।

मकर : मकर राशि भएकाहरूका लागि आज अत्यन्तै समय राम्रो रहनेछ । भौतिक वस्तुहरुको प्रयोग गर्न पाईने तथा आकस्मिक धन सम्पति प्राप्त हुने हँुदा सुख सागरमा रमाउने समय रहेकोछ । शिक्षामा सुधार भई बिगतका कमजोरिलाई सच्याउदै चाहेको गन्तव्य पहिल्याउन सहज हुनेछ । छुट्टिएका माया प्रेमहरु पुनः जोडिने अधिक सम्भावना रहेकोछ भने नयाँ प्रेम प्रस्ताव आउनेछ । शिक्षा क्षेत्रसँग सम्बन्धित पेशा व्यावसायबाट मनग्य धन कमाउन सकिनेछ ।

कुम्भ : कुम्भ राशिका लागि आज पनि समय खराब छ । साना तिना काममा समय व्यतित हुँदा महत्वपूर्ण कामहरु थाति रहनेछन् । विवाद तथा प्रतिष्पर्धामा सामेल नहुनुहोला समय मध्ययम रहेकोछ । काम गर्दा ख्याल गर्नुहोला काम बिग्रने तथा आलोचना गर्नेहरु प्रशस्त भेटिनेछ । प्रेममा एक अर्कालाई विश्वास गर्न नसक्दा टाढिनु पर्ने बाध्यता आउन सक्छ । न्यायिक निर्णयहरु तपाईको पक्षमा नआउने हुनाले केही दिनका लागि पछि सार्नु उपयूक्त हुनेछ ।

मीन : मीन राशि भएकाहरूका लागि आज पनि समय शुभ रहनेछ । औपचारिक मान सम्मानप्रद रहनेछ । नोकरी आदि पेशा र व्यापार व्यवसाय एवम् समाज सेवाको क्षेत्रबाट प्रशंसा प्राप्त हुनेछ । राजनीतिमा पनि पदप्रतिष्ठा कायम हुन सक्ने छ । उच्चपदस्थ व्यक्तित्वसँग भेटघाट हुन तथा योजना आदि तर्जुमा गर्न सकिनेछ । कार्यक्षेत्रबाट यथोचित भौतिक लाभ हातपर्ने ग्रहयोग देखिन्छ । शिक्षा क्षेत्रमा पनि ग्रहले उपयुक्त भूमिका निर्वाह गरेको छ, समयको फाइदा लिनुहोला ।

साइतः सूर्य मेष राशिमा, चन्द्रमा मकर राशिमा रहनेछ । त्यसैले दक्षिण र पूर्व बाहेक अन्य दिशाको यात्रा नगर्नुहोला । आज शुक्रबार परेकाले पश्चिम दिशाको यात्रा गर्दै नगर्नुहोला । आज पश्चिम दिशाको यात्रा पनि बाध्यताबश गर्नै परेको छ भने धार्मिक उपाय अपनाएर शुभ बेलामा गर्दा राम्रो हुनेछ ।  

शुभ लाभादि बेला

बिहान ०५ः१७ बजेदेखि      ०६ः५८ बजेसम्म     चर बेला
बिहान ०६ः५८ बजेदेखि      ०८ः३८ बजेसम्म     लाभ बेला
बिहान ०८ः३८ बजेदेखि      १०ः१९ बजेसम्म     अमृत बेला
बिहान १०ः१९ बजेदेखि       १२ः०० बजेसम्म     काल बेला
दिनमा १२ः०० बजेदेखि       १ः४१ बजेसम्म      शुभ बेला
दिनमा १ः४१ बजेदेखि        ३ः२१ बजेसम्म      रोग बेला
दिनमा ३ः२१ बजेदेखि        ५ः०२ बजेसम्म      उद्धेग बेला
साँझ ५ः०२ बजेदेखि        ६ः४३ बजेसम्म       चर बेला

यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।

राहुकाल समय : बिहानमा १०ः३० देखि १२ः०० बजेसम्म राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।

नोट : यो पञ्चांगको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेदस्थान र विपरीत वेदस्थान समेतको गणना गरिएको छ ।



नयाँ