arrow

जन्ती लिएर हिँडेको बस दुर्घटनामा पर्‍यो

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख २९ शुक्रबार
accident-final.jpeg

सिन्धुपाल्चोक । जन्ती लिएर हिँडेको बस दुर्घटनामा परेको छ ।  चौतारा साँगा चोक गढी नगरपालिका-७ झ्याडीमा जन्ती लिएर हिँडेको बस दुर्घटनामा परेको हो । 

  दुर्घटनामा हुँदा ३० जना घाइते भएका छन् । जलबिरे खमारेबाट जन्ती लिएर इन्द्रावती गाउँपालिका जाँदै गरेको हेलम्बु यातायातको बा २ ख ८४२२ नम्बरको गाडी दुर्घटना भएको प्रहरीले जनाएको छ । 

इन्द्रावती-१० पाटीगाउँतर्फ हिँडेको गाडी चौतारा साँगा चोक गढी नगरपालिका-७ झ्याडीमा ब्रेक फेल हुँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
 
घटनास्थलमा प्रहरी र एम्बुलेन्स पुगेर उद्धार गरिएको छ । घाइतेको चौतारा अस्पतालमा उपचार हुँदै गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ