arrow

मुगु हिमपहिरो बेपत्ता

जिउँदो भेटाउने आस मर्‍यो, आफन्तहरू घर फर्किए

घटनास्थलसम्म उद्धार टोली पुग्न सकेन, थप सुरक्षाकर्मी जाँदै

logo
नृपेन्द्र बहादुर मल्ल,
प्रकाशित २०८० वैशाख २९ शुक्रबार
chargel-lekh.jpg

मुगु । मुगु हिमपहिरोमा परि बेपत्ता भएको घटना हप्ता दिन भइसक्दा पनि सुरक्षाकर्मी सहितको टोली घटनास्थलसम्म पुग्न सकिरहेको छैन । च्याँखुलेक हिमाल तथा पाटनहरूमा १० फिट भन्दा बाक्लो हिउँ जमेको र लगातार मौसममा खराबी आइरहेकाले घटनास्थलसम्म पुग्ने बाटो पहिल्याउन कठिनाइ हुँदा उद्धारमा गएको टोली जति प्रयास गरे पनि घटनास्थलसम्म पुग्न नसकेको बताइएको छ ।

जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरीक्षक महेश बस्नेतका अनुसार सुरक्षाकर्मीहरूले छापाखोलामा बेस क्याम्प खडा गरेर प्रत्येक दिन बिहानै घटनास्थल सम्म जान हिँडे पनि बाक्लो जमेको हिउँ र छिन छिनमा हिउँ परिरहँदा प्रत्येक दिनका प्रयासहरू निरर्थक भइरहेको र खटिएका सुरक्षाकर्मीहरू एक पछि अर्को बिरामी हुन थालेकोले शुक्रबार जिल्ला सदरमुकामबाट थप सुरक्षाकर्मी पठाउन लागेको र बिरामी परेकाहरूलाई फिर्ता बोलाइएको जानकारी गराए। 

बेपत्ता भएको हप्ता दिन बिती सकेकाले बेपत्ताहरू मध्य कोही जिउँदो होलान् भन्ने आश मरिसकेको छ । अब जेठ ४ गते पाटनहरूमा यार्सागुम्बा टिप्न प्रवेश खुल्ला हुने भएकाले त्यो बेला सुरक्षाकर्मीहरू सुरक्षा दिन जाने र सङ्कलकहरू पनि सयौँ सङ्ख्यामा पाटनमा पुग्ने भएकाले बेपत्ताहरूको खोजी त्यो बेला सहज हुन सक्ने प्रनाउ बस्नेतले बताए । 

उनले भने,' खोजीको टोलीसँगै गएका बेपत्ता भएका व्यक्तिहरूका दुई जना आफन्तहरू पनि घर फर्किसक्नु भएको छ । पाटनको अवस्था,परिस्थिति,कठिनाइ सबै उनीहरूले बुझेर अव खोजी गर्न गाह्रो छ । हामी पनि बिरामी भयौ पाटन खुल्ला भए सुरक्षाकर्मी वा यार्सा सङ्कलकहरू कोहीले बेपत्ताहरू भेटाए खबर गरिदिनु होला भन्दै घर तर्फ फुकिसक्नु भएको छ  ।'

गत २२ गते मुगु जिल्लाको मुगुम कार्मारोङ्ग गाउँपालिका वडा नं १,२ वडामा पर्ने च्याँखु लेखमा हिउँ पहिरो आउँदा यार्सा टिप्न मुगुका पाटनमा पुगेका जुम्ला जिल्ला पातारासि गाउँपालिका वडा नं २ तल्फि गाउँका १५ जना मध्य तारासिंह सार्की (४०) पुन्न सार्की (३५) र वीर बोहोरो (३५) बेपत्ता भएका थिए । 

बेपत्ताको सूचना पाउन साथ २२ गते नै इलाका प्रहरी चौकी मुगुबाट र २४ गते नेपाली सेनाको हेलिकप्टर बाट जिल्ला सदरमुकाम गमगढीबाट बेपत्ता भएका व्यक्तिहरूका २ जना आफन्त सहित २३ जनाको टोली घटनास्थल तर्फ खोजीका लागी गएको थियो । 

घटनास्थल नजिक हेलिकप्टर अवतरण गर्न अनुकूल मौसम नभएपछि सिरानी चौरमा अवतरण गरि हेली फर्किएको थियो भने टोली त्यहाँबाट ३ घण्टा माथि र घटनास्थल च्याखुलेख भन्दा ४ घण्टा तल रहेको छापा खोला भन्ने स्थानमा बास बसी प्रत्येक बिहान घटनास्थलसम्म पुग्न निस्कने दिनभरि प्रयास गरि गर्ने र साँझ वासस्थान फर्किने गदै आएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ